एनआरएनए फ्रान्स अध्यक्षमा गीता निर्वाचित

एनआरएनए फ्रान्स अध्यक्षमा गीता निर्वाचित

पेरिसः नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा गीत खनाल निर्वाचित भएकी छन् । पहिलो पटक महिला नेतृत्व स्थापित गर्दै एनआरएनए फ्रान्सले तनहुँ म्याग्दे १ गुनादीकी गीता खनाल थापालाई निर्वाचित गर्दै इतिहास रचेको छ ।

अध्यक्षको दौडमा रहेकी खनालले कुल खसेको चार सय ५८ मध्ये दुई सय ४८ मत पाएर जीत दर्ता गरिन् । उनका प्रतिष्पर्धी मीनबहादुर श्रेष्ठले दुई सय १० मत पाएका छन्। अनलाइन पद्धतिबाट भएको निर्वाचनमा खनालले ३८ बढी मतान्तरले प्रतिष्पर्धी श्रेष्ठलाई हटाएकी हुन् ।

यस अघिकी वरिष्ठ उपाध्यक्ष खनालले कागजात नभएका नेपालीलाई समेत पक्षपात नगरी सहयोग गर्ने, नेपाली भाषा र संस्कृतिको संरक्षण गर्ने आदि नारा लिएर चुनावी दौड थालेकी थिईन्। उनको प्यानलका एक सदस्य बाहेक सबै विजयी भएका छन् ।

निर्वाचनमा आइसीसी सदस्य अमर बहादुर भन्डारी र एकबहादुर मल्लबीच दुई सय २५ को बराबरी भएको छ । अधिवेशनले उपाध्यक्षमा दुई सय ४८ मत सहित शिवराम भण्डारी तथा दुई सय २६ मतका साथ लोकबहादुर पुन, महासचिवमा दुई सय ५३ मतका साथ दिलीप गुरुङ निर्वाचित भएका हुन् ।

यसैगरी सचिवमा दुई सय ५२ मतका साथ कमलविक्रम केसी तथा कोषाध्यक्षमा दुई सय ३० मतका साथ टीकादत्त अधिकारी निर्वाचित भए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.