दार्चुला घटनाको विरोधमा ओखलढुंगामा विरोध प्रर्दशन
ओखलढुंगाः नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दार्चुला घटनाको विरोध गर्दै सदरमुकाम ओखलढुंगामा विरोध गर्दै प्रर्दशन गरेको छ । दार्चुलाका जयसिंह धामीको नदी तर्ने क्रममा एसएसबीले तुइन काटेर हत्या गरेको विरोधमा विरोध प्रर्दशन गरेको हो ।
नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटेपछि नदीमा खसेर दार्चुलाका जयसिंह धामीको ज्यान गएको थियो । उक्त घटनाको चौतर्फी विरोध भइरहेको छ ।
जयसिं धामी हत्या घटनाको छानविनको माग गर्दै विप्लव समूहले विरोध र्याली आयोजना गरेको हो । विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इञ्चार्ज विवेक कुमालले भारतीय विस्तारवाद नेपाली जनताको हत्यामा उत्रिएको भन्दै चर्को विरोध गरे ।
विरोध र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै कुमालले धामीको हत्याले राष्ट्रिय अस्मितामाथि नाङ्गो हस्तक्षेप भएको भन्दै प्रतिरोध गर्नुपर्नेमा जोड दिए । उनले दलाल संसदीय व्यवस्थाले नागरिकको सुरक्षा हुन नसक्ने भन्दै जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादको स्थापना गर्न माग गरे ।
सरकारसँग भएका सम्झौता कार्यन्वयन, संसदीय प्रजातन्त्र र वैज्ञानिक समाजवादमाथि जनमत संग्रहलगायतका माग पूरा गर्न वर्तमान राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराए ।