वडा कार्यालयमा चोरी गर्ने दुईजना पक्राउ
इटहरी : गत साउन १५ गते राति सुनसरीको धरान १६ को वडा कार्यालय चोरी गर्ने गिरोह पक्राउ परेको छ । दुई थान कम्प्यूटरलगायत विभिन्न सामान चोरी गरी भागेका धरान १ का शंकर साह र सन्तोष भुजेललाई प्रहरीले सामानसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कार्यालयले दिएको हुलिया निवेदनअनुसार आइतबार दिउँसो दुहवी प्रहरीको चेकिङ टोलीले उनीहरुलाई दुहबी ३ बाट पक्राउ गरेको हो ।
सहचालक रहेको प्रदेश १–०२–००३ ह ३७८ नम्बरको अटो टेम्पोको पछाडी डिकीमा लुकाइ राखेको अवस्थामा एक थान कम्प्युटर बरामद गरेको हो ।
वार्ड कार्यालय चोरीमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरु ।तस्बिर : अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस !
५