महाधिवेशनबारे पौडेल पक्षका नेताहरु छलफलमा
काठमाडौँ: नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक मंगलबार सुरु भएको छ ।
अर्का नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा २ बजेदेखि बैठक बसेको हो । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा क्रियाशील सदस्यता र पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रित रहेर छलफल भइरहेको छ ।
देउवा पक्ष र पौडेल पक्षका अन्य नेताले आन्तरीक रुपमा महाधिवेशनको मिति सार्ने बारे निर्वाचन आयोगसँग छलफल र परामर्श थालेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, रामशरण महत, र मिनेन्द्र रिजालबीच छलफल चलिरहेको छ । बैठकमा विभिन्न जिल्लाका जिल्ला सभापतिहरू पनि छलफलमा सहभागी छन् ।