मिथिलाञ्चलमा आँप संस्कृति

मिथिलाञ्चलमा आँप संस्कृति

मिथिलाञ्चलमा फलफूल पर्याप्त मात्रामा पाइन्छ। कुनै यस्तो फलफूल छैन जुन यहाँ पाइँदैन। फलफूलको भण्डार नै भने पनि हुन्छ। फलको राजा आँप त यहाँको मुख्य उत्पादन नै हो। सम्पूर्ण तराई–मधेशमा फलफूलको कुनै अभाव छैन। आँप उत्पादनका लागि यो उर्वरभूमि मानिन्छ। यसका लागि मौसम पनि सर्वथा उपयुक्त नै छ। सुगन्धित र स्वादिष्ट फल भएकाले आँपलाई फलहरूको राजाको नामबाट विभूषित गरिएको छ। संसारभरिमा आँप नै यस्तो रसदार फल हो जुन गर्मी हुने देशहरूमा सबैभन्दा लोकप्रिय मानिन्छ। सम्पूर्ण मिथिलाञ्चलमा सदियौंदेखि यसको उत्पादन हुँदैआएको छ। प्राचीन समयमा पनि यसको उत्पादनको पौराणिक प्रमाण पाइन्छ।

भनिन्छ, आँपको उत्पत्ति बर्मा (म्यानमार) र छिमेकी मुलुक भारतको अण्डमान द्वीपमा सर्वप्रथम भएको हो। के पनि भनिन्छ भने पाँचौ शताब्दी इसापूर्वमा बौद्धभिक्षु आफ्नो साथमा आँप मलेसियामा लगेको थियो। छिमेकी मुलुक भारतमा सर्वाधिक आँपको उत्पादन हुन्छ, त्यसपछि छिमेकी मुलुक चीनमा हुन्छ। भारत र चीन अाँपको उत्पादनका लागि विश्वभरमा प्रसिद्ध देश मानिन्छ। पाकिस्तानमा पनि आँपको उत्पादन राम्रो मात्रामा हुन्छ। भारत र पाकिस्तानमा पारस्पारिक सम्बन्ध धेरै राम्रो नभए पनि दुवै देशका राष्ट्रपतिले आँपको आदान–प्रदान गरेर मित्रताको गाँठो गाढा बनाउनमा सक्रिय र सजग रहन्छन्। मिथिलाञ्चलामा त आँपको कोसेली कसिलो सम्बन्धको प्रतीक नै मानिन्छ।

विवाह, ब्रतबन्ध तथा मधुश्रावणी आदि लोकपर्वको अवसरमा यसको आदान–प्रदान आल्हादकारी मानिन्छ। चौठचन्दर लोकपर्वको अवसरमा त इष्टमित्रहरूलाई आमन्त्रित गरेर आँप र पुरी रुचीअनुसार खुवाउने परम्परा अझ जीवित नै छ। मिथिलाञ्चलको गाउँगाउँमा आँपको बगैंचा लगाइएको पाइन्छ। प्राचीनकालमा मानिसहरू धर्म कमाउन पनि आँपको बगैंचा लगाउने गर्दथे। गाउँलेहरू आँपको बगैंचामा गएर पेट र मनभरि आँप नै खाने गर्दथे। अहिले यो प्रशंसनीय परम्परा लुप्त हुँदै गएको  छ। अचेल नयाँ बगैंचा लगाउने परम्परा दिनानुदिन ह्रास हुँदै गएको छ।

भनिन्छ, आँपको उत्पत्ति बर्मा (म्यानमार) र छिमेकी मुलुक भारतको अण्डमान द्वीपमा सर्वप्रथम भएको हो

बगैंचामा आगन्तुक पुगेपछि आँपको आतिथ्यले नै स्वागत सत्कार गर्ने परम्परा जीवितै छ। यस आतिथ्यमा आत्मीयता पाइन्छ। पारस्परिक भाइचाराको सम्बन्ध सुदृढ हुन्छ। अचेल आँपको फूलबारी सीमित क्षेत्रमा घरको वरिपरि लगाउने गरिन्छ। पहिला पहिला गाउँबाट धेरै टाढा ‘सरेह’मा बगैंचा लगाउने गरिन्थ्यो।  गाउँबाट टाढा ‘सरेह’मा आँप लगाउनु सुरक्षित ठानिँदैन। सबैभन्दा ठूलो समस्या रखवालीको हो। अतः यसको उत्पादनमा पनि क्रमशः ह्रास हुन थालेको पाइन्छ। मिथिलाञ्चलमा सिरहा जिल्ला आँपका लागि प्रसिद्ध मानिन्छ। यहाँ प्रशस्त मात्रामा आँप अझ पनि लगाइएको पाइन्छ। मिथिलाञ्चलको प्राचीन राजधानी र अचेलको प्रदेश नं. २ को राजधानी जनकपुरमा ‘तिरहुतिया गाछी’ र मणिमण्डप आँपको प्रसिद्ध बगैंचा मानिन्थ्यो। तिरहुतिया गाछी त सहरभित्र अवस्थित भएकाले यसको अस्तित्व नै समाप्त भइसकेको छ। आँपको बगैंचा प्राचीन सम्पदामा महत्वपूर्ण मानिन्छ। गर्मीयाममा दिउँसो मानिस त्यहाँ आराम गर्ने गर्दछन्।

थाइल्याण्डका पूर्वराजा भूमिबल अब्दुल्यादेजले त जनकपुरस्थित दुई आँपको रुख पत्ता लगाउन आफ्नी राजकुमारीलाई नै पठाएका थिए। उनले आफ्नो पुस्तक महाजनकको कथामा यस प्रसंगको उल्लेख गरेका छन्। महात्मा गौतम बुद्ध त जनकपुर प्रवासकालमा तिरहुतिया गाछीमै आश्रय लिएका थिए। उनको प्रत्येक रुख विरुवासँग अटूट, अनन्य र अप्रतिम सम्बन्ध थियो। विशेष गरेर आँपको रुख उनलाई खूबै मन पथ्र्यो। आँप अत्यन्त शुद्ध मानिन्छ। यसको फलमात्रै होइन, पात पनि पवित्र मानिन्छ। यसको जरो र डाँठ पनि शुद्ध मानिन्छ। प्रत्येक यज्ञादिमा आँपको कलश राखिने परम्परा छ। अद्यापि मिथिलाञ्चलमा कुनै यज्ञ जप हुँदा आँपको कलश राखिन्छ। यसबाट वातावरण शुद्ध हुन्छ र पर्यावरण पनि प्रदूषित हुनबाट जोगिन्छ।

आँपका विभिन्न नाम
सेनरिया (सिन्दुर रंग) को, दसहरी, चौसा, लखनउआ, मालदह, बम्बइया, लटकमपुर, सकेरा, नकुअवा, जर्दा, सुकुल, सिपिया, केरबा, कोदइया, लडुअवा, बरमासिया र लंगडा यी आँपाका नाम। लंगडा आँपको अनुवाद विश्वको कुनै पनि भाषामा हुन सक्दैन। रसपुरी, नीलम, मालिका आदि प्रमुख छन्। आँपबाट विभिन्न किसिमका खाद्यपदार्थ बनाइन्छ। पाकेको आँपबाट अमरस बनाइन्छ जुन आँपको समय समाप्त भएपछि खानामा प्रयोग गरिन्छ। आँपको अचार त सबै अचारभन्दा मीठो मानिन्छ। आँपको खट्टाइ र चटनी त झन् चर्चित हुन्छ। मित्रराष्ट्रमा आँपबाट ‘आँमश्रीखण्ड’ बनाइन्छ जुन अत्यन्त्य स्वादिष्ट मानिन्छ। आँपको मुराबा त झन् मीठो हुन्छ।

आँपको तरकारी आलसमा पकाइन्छ र खानमा अत्यन्त स्वादिष्ट हुन्छ। अचेल आँपको जुसका साथै यसको सौस पनि तयार गरिन्छ। चामलको विरयानीमा पनि आँपको प्रयोग स्वाद बढाउन गरिन्छ। आँपको पराठा पनि अचेल प्रचलित र उपलब्ध भएको हुन्छ। विश्वका विभिन्न देशमा आँपको प्रयोग आफ्नो स्वाद र सन्तुष्टिका लागि गर्ने गरिन्छ। आफ्नो स्वाद र सन्तुष्टिका लागि गर्ने गरिन्छ। स्याण्डबीच र ब्रेडका साथमा पनि पाकेको आँपको स्लाइस खाने प्रचलन बढ्दै गएको पाइन्छ। पाँचतारे होटेलहरूमा आँपको स्पेशल आइटम उच्चदरमा खुवाउने गरिन्छ। काठमाडौंमा आयोजित पार्टीमा आँपको टुकडा अरू आइटमका साथमा प्रयोग गरिन्छ। यसलाई चम्चाबाट खाने गरिन्छ। आँप पूरा खानाको रूपमा खाने प्रचलन पनि छ। अाँपको मौसम जेठदेखि भदौसम्म रहन्छ। भदौ महिनामा पाक्ने आँपलाई ‘भदैया’ भनिन्छ भने बाह्रै महिना फल्ने आँपलाई ‘बरमसिया’ भनिन्छ।

स्वास्थ्यका लागि आँप
आँप स्वास्थ्यवद्र्धक हुन्छ। यसमा लौह तत्व र विभिन्न भिटामिन सहज र सरल ढंगमा उपलब्ध भएको हुन्छ। रक्तहीनताको स्थितिमा रक्तपूर्तिका लागि यसको प्रयोग गरिन्छ। यसमा पौष्टिक तत्व भरपूर मात्रामा पाइन्छ। गर्भवती महिलाका लागि रक्तपूर्तिको सर्वोत्तम उपाय हो आँप। यो कतिपय रोगसित लड्ने क्षमता प्रदान गर्दछ। यसले भोकलाई पनि बढाउने गर्दछ। चर्मरोगमा पनि उपयोगी यो सर्वोत्तम चेहरालाई चम्किलो बनाउँछ। त्वचालाई कोमल बनाउँछ। यसमा उपलब्ध सेलेनियम हृदय रोगमा फाइदाजनक मानिन्छ। आँप खानाले आँखाको रोशनी पनि बढ्ने गर्दछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.