चापाकोट नगरपालिका १० दिनका लागि बन्द

चापाकोट नगरपालिका १० दिनका लागि बन्द

स्याङजा : चापाकोट नगरपालिकाबाट प्रवाह हुने सबैखालका सेवा बुधबारदेखि बन्द गरिएको छ। कोरोना भाइरस संक्रमण बढेसँगै नगरपालिकाको आकस्मिक बैठकले बुधबारदेखि लागू हुनेगरी १० दिनका लागि बन्द गर्ने निर्णय गरेको हो। 

नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै साउन २९ गतेसम्म स्वास्थ्य सेवावाहेकका सम्पूर्ण सेवाहरु बन्द रहने जनाएको छ। नगरभित्रका कार्यालयसहित बैंक तथा वित्तीय संस्थाहरु, सरकारी तथा अर्धसरकारी गैरसरकारी संघ संस्थाहरु तथा शैक्षिक संघसंस्था सबै पूर्णरुपमा बन्द गर्ने गराउने निर्णय गरेको नगरप्रमुख शिवकुमार गिरीले जानकारी दिए।

नगर प्रमुख शिवकुमार गिरीले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन्। निस्कनु परेमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्नेछ। तोकिएको समयभित्र र तोकिएका पसलमा खाद्यान्न सामाग्री खरिद गर्न सुझाइएको छ। 

पालिकाका अनुसार मंगलबार साँझसम्म ५ सय २७ जनामा संक्रमण पुष्टि भएको छ। ती मध्ये ३ सय ३० जना निको भएका छन। आजसम्म १ सय ५७ जना संक्रिय संक्रमित छन भने ८ जनाको निधन भएको छ। 

साथै, नगरभित्र १० शैयाको अक्सिजनसहितको आइसोलेसन केयर सेन्टर, २ वटा एम्बुलेन्सको ब्यवस्था र समुदायमा पुगेर निशुल्क एन्टीजेन र पिसिआर परिक्षण गर्दे आएको पालिकाले जनाएको छ।  

स्याङजाको ११ पालिकामध्ये चापाकोट नगरपालिका बढी प्रभावित मध्येको एक हो। अन्य १० पालिकामा भने बन्दको घोषणा गरिएको छैन। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.