तीन करोडको लागतमा शित भण्डार निर्माण

तीन करोडको लागतमा शित भण्डार निर्माण

उदयपुर : कृषि उत्पादनको पकेट क्षेत्र मानिएको उदयपुरको बेलका नगरपालिकामा तीन करोडको लागतमा चिस्यान केन्द्र (शित भण्डार) निर्माण गरिने भएको छ । वडा नं १ आमबासीको खयरघारीमा शित भण्डारको अभावमा किसानले उत्पादन गरेका कृषिउपज वस्तु त्यसै खेर जान थालेपछि प्रदेश सरकार र बेलका नगरपालिको संयुक्त लगानीमा निर्माण कार्य सुरु गरिएको हो । 

चालु आर्थिक बर्षमा खर्च गर्ने गरी नगरपालिकाको १ करोड र प्रदेश सरकारको २ करोड गरी कुल ३ करोड रुपैँयाको लागतमा सुरु गरिएको शित भण्डार आगामी असोज मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको नगर प्रमुख दुर्गाकुमार थापाले जानकारी दिए । 

६ वटा च्याम्बर निर्माण हुने भण्डारमा ४ वटा च्याम्बर तरकारी तथा फलफुल र २ वटा च्याम्बरमा मासु तथा दूध स्टोर गरिने उनको भनाई छ। करिब ५ सय टन क्षमता भएको शित भण्डार निर्माणको जिम्मा काभ्रेको बिजि कन्ट्रक्सन र काठमाडौं कोल्ड सेन्टरले लिएका छन् । 

मासुसहित तरकारी तथा फलफूल राख्न मिल्ने बहुउद्धेश्यीय शित भण्डार बनाइने प्रमुख थापाले बताए । मेयर थापाले भने, 'बेलका क्षेत्र कृषिका लागि उर्वर रहेकाले आफु निर्वाचित भएर आएकै समयमा शित भण्डार स्थापना गर्ने सोच बनाएको र गतवर्ष कोरोनाका कारण ठेक्का लगाउन नसक्दा १ करोड बजेड फ्रिज भयो ।' उनले नगरको गौरबको योजना भएकाले समयमै काम सम्पन्न गर्ने गरि कामलाई अघि बढाईने बताए । 

मेयर थापाले शितभण्डार स्थापनाले बेलका नगर लगायत छिमेकी चौदण्डिगढी र सप्तरीको सप्तकोसी नगरपालिकाका किसानले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल नष्ट नहुने बताए । 

उनले भने, 'हामले किसानलाई फाइदा हुने गरि कृषिमा आधुनिकीकरण गर्ने उदेश्यले यन्त्र उपकरण बितरण, कस्टम हायरिङ्गमार्फत सस्तो मुल्यमा किसानको खेत जोत्न ट्रायाक्टर बितरण,बीउ भन्डारण गर्न भवन निर्माण, कृषकलाई अनुदान लगायतको काम गरेका छौ ।'

नगरपालिकाकी उप-प्रमुख राजकुमारी चौधरीले शितभण्डार स्थापनाले नगरमा रहेका कृषलाई आर्थिकरुपमा बलियो बनाउन सकिने बताईन् ।     

शित भण्डारमा कृषि उपज राखे वापत किसानले केही शुल्क तिर्नु पर्ने र त्यहाँबाट भएको आम्दानी किसानले पाउने नगरपालिकाले जनाएको छ । 

शित भण्डार स्थापनाका लागि नेपाल सरकारका पूर्वसचिव विश्वप्रकाश पण्डितले १ विगाहा जग्गा प्रदान गरेको मेयर थापाले जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.