दुर्घटनामा इन्सपेक्टरको मृत्यु

दुर्घटनामा इन्सपेक्टरको मृत्यु

परासी : पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको सोमबार राति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। कार्यालय अगाडी बाटोमा हिंडिरहेका ४३ वर्षीय वाग्लेलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको हो। 

ठक्करबाट घाइते भएका वाग्लेको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए। ड्युटीमै रहेका इन्सपेक्टर वाग्लेलाई ठक्कर दिने मोटरसाइकल चालक सुनवल नगरपालिका–१ प्रगति टोलका दिपेन्द्र पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

तनहुँको म्याग्दे गाउँपालिका–४ घर भएका वाग्ले पछिल्लो समय काठमाडौं धापासीमा बस्दै आएका थिए। उनी गत पुस महिनादेखि बर्दघाटमा कार्यरत थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.