पौडेल पक्षको माग: पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन

पौडेल पक्षको माग: पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन

काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।

जिल्ला सभापतिहरुले समय अझै भएको भन्दै विशेष महाधिवेशन गर्ने र पार्टीको वैधानिकतामाथि प्रश्न उठ्न नदिन शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।

काठमाडौँमा सोमबार र मंगलबार भएको जिल्ला सभापतिको तोकिएको मिति भदौ १७, १८ र १९ गते महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने र लागि पर्दा सकिने बताए ।

भेलाले क्रियाशील सदस्यहरुको छनोट सम्बन्धी विवाद तुरुन्त समाधान गर्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेको कास्की जिल्ला सभापति कृष्ण बहादुर केसीले जानकारी दिए । उनले क्रियाशील सदस्यताका विषयमा देखिएका विवादलाई पार्टीको विधान, निर्देशिका र केन्द्रीय कार्यसमिति बैठकका निर्णयअनुसार काम गर्न सुझाब दिएको बताए ।

३८ जिल्ला सभापति भौतिक रूपमा उपस्थित थिए भने अन्य १२ जना भर्चुअल माध्यमबाट जोडिएका थिए । जिल्ला सभापतिहरूले क्रियाशील सदस्यहरूको विवरण वेबसाइटमा राख्नुपर्ने जोड दिँदै क्रियाशील सदस्यताको विवाद समाधान हुनुअघि पनि माग गरेका छन् ।

सञ्चारकर्मीलाई प्रवेश नदिइएको गोप्य बैठकमा मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय डा. रामशरण महत, अर्जुननरसिंह केसी,र केन्द्रीय सदस्यहरू बलबहादुर केसी, डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, गगन थापालगायत केन्द्रीय सदस्यहरू भेलामा सम्बोधन गर्न सहभागी थिए ।

उक्त बैठकमा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले अझै पनि तोकिएको मितिमै महाधिवेशन गरेर पार्टीलाई वैधानिकताबाट जोगाउन सकिने बताउँदै भने, ‘मन गरौँ अबको समय पनि प्रशस्त पुग्छ । गर्नैपर्ने अधिवेशन गरेर बाँकीलाई स्थगित गरेर पनि वैधानिकता जोगाउन सकिन्छ ।’

केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिको उम्मेदवारीमा बलियो धरातल भएकोलाई हौसला र सहयोग गर्न पनि आग्रह गरे । जिल्ला सभापतिहरु तर्फ इंगित गर्दै कोइरालाले भने, ‘सबै उम्मेदवार आकांक्षीहरुलाई मख्ख नपारिदिनुहोला । त्यसले झन् राम्रो नेतृत्व आउँदैन । ’

अर्का नेता गगन थापाले भेला सम्बोधन गर्दै भने, ‘सभापतिज्यूले जसरी पनि महाधिवेशन हुन्छ भनिरहनुभएको छ, हामी किन हुँदैन भन्ने ? जुन दिन उहाँले हुँदैन मिति सार्नुपर्छ भन्नुहुन्छ अनि विकल्प तिर लागौँला ।’

बैठकका निर्णयहरू बुधबार मात्रै सार्वजनिक गर्ने भएता पनि एक जिल्ला सभापतिका अनुसार क्रियाशील सदस्यता टुंगो लगाउने, पार्टीको विधानमा टेकेर विशेष महाधिवेशन गर्ने, शिक्षक र विद्यार्थीलाई खोप दिएर नियमित पठनपाठन सञ्चालनमा ल्याउन आग्रह गर्ने, भ्रष्टाचार छानविन गर्न लगायता निर्णय भेलाले गरेको छ ।

कांग्रेस महाधिवेशनबारे छलफल गर्न सभापति देउवाले २८ साउनका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.