कांग्रेस नेता केसीको चिन्ता: ७५ वर्षे इतिहास बोकेको पार्टीको अस्तित्व संकटमा पर्नथाल्यो

कांग्रेस नेता केसीको चिन्ता: ७५ वर्षे इतिहास बोकेको पार्टीको अस्तित्व संकटमा पर्नथाल्यो

चितवन: नेपाली कांग्रेसको महाधिवेशनको मिति सरिरहँदा नेता अर्जुन नरसिंह केसीले पार्टीको वैधानिक अस्तित्व नै संकटमा परेको संवैधानिक चुनौतीबाट पार्टीलाई जागाउन सहमतिपूर्ण निकास निकाल्नुपर्ने बताएका छन् ।

यसका लागि उनले विकल्प समेत पेश गरेका छन् । नेपाल प्रेस युनियन चितवनले भरतपुर विमनस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले संवैधानिक चुनौतीबाट पार्टीलाई जोगाउन सहमतिपूर्ण निकास खोज्न आग्रह गरे ।

‘समयमा महाविधेवेशन गर्न नकसेर संविधानले दिएको समय ६ महिनामा पनि गर्न सकिएन भनेर जरिवाना तिर्नपर्ने अवस्था आयो भने त्यो भन्दा लज्जास्पद अरु के हुन सक्छ ?’ उनले भने ‘७५ वर्षको इतिहास बोकेको पार्टी देशव्यापी रुपमा हिरक जयन्ती मनाउने बेलामा हाम्रै अस्तित्व के हुने भन्ने अवस्था आउनु दुखद् हो । यसको जिम्मेवार को हो जनताले फैसला गर्छन् ।’

उनले विशेष अधिवेशन गरेर भए पनि संकट गार्नपर्नेमा पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । २०१२ सालको विरगञ्ज महाधिवेशनले सभापतिमा निर्वाचित भएपछि १४ सालमा भएको विशेष महाधिवेशनले विपी कोइराला सभापति भएको स्मरण गर्दै त्यही नजिरबाट विशेष महाधिवेशन गर्न सकिनजे बताए ।

चार वर्षको कार्यकाल सकिएपछि पनि थपिएको एक वर्षमा महाधिवेशन हुने कुरा टुङ्गो नलागेको भन्दै  को सभापति भन्दा पनि वैधानिकता जोगाउनु अहिलेको चिन्ता भएको बताए ।

‘को सभापति हुने भन्दा पनि नेपाली कांग्रेसको वैधानिकतामाथि कसैले प्रश्न उठाउन नपाओस् भन्ने हो ’, उनले भने  ‘संवैधानिक चुनौतीबाट पार्टीलाई बचाउनको निम्ति कुनै बाटो छ भने सहमतिपूर्ण निर्णय गरौँ, होइन भने १३ औं महाधिवेशनका प्रतिनिधिहरुले नै एकवर्ष भित्र १४ औं महाधिवेशन प्रक्रियागत रुपले गर्ने गरी अहिले विशेष अधिवेशन गर्न सकिन्छ ।

पार्टी भित्रको क्रियाशिल सदस्यताको विवादले झन तिक्तता ल्याउने भन्दै पुराना सदस्यहरुबाट विशेष महाधिवेशन अहिलेको विकल्प भएको नेता केसीले बताए ।  

अर्को प्रसंगमा नेता केसीले नेकपा एमोले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार संसदमा दिएको अभिव्यक्तिलाई नबर्सने मेघको गर्जन भएको संज्ञा दिएका छन् । साढे तीन वर्ष सरकारको नेतृत्व गर्दा केही गर्न नसकेका ओलीले एक महिनामै सरकारको आलोचना गर्न नसुहाउने उनले बताए ।

‘साढे तीन वर्ष आफू प्रधानमन्त्री बन्नुभो, उहाँले कतिजना पीडितको गोली झिक्नुभयो ? कति जना द्धन्द्ध पीडितलाई संक्रमणकालीन न्याय दिनुभयो ? केसीले भने ‘एक महिनामा पनि पाइला नटेकेको सरकारलाई उहाँले आलोचना गर्नुभयो । सामान्यतया लोकतान्त्रिक संस्कृति हुने हो भने प्रमुख प्रतिपक्षले पनि सय दिनलाई हनिमुन पिरिएड भन्छन् । त्यो पनि नपर्खी आएको ओलीको आक्रोस नबर्सने मेघको गर्जन हो ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.