सेनाको गाडीको ठक्करबाट पिकअप चालकको मृत्यु

सेनाको गाडीको ठक्करबाट पिकअप चालकको मृत्यु

राजविराजः पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नेपाली सेनाको वनटन गाडी र पूर्व जाँदै गरेको पिकअप गाडी आपसमा ठोक्किँदा पिकअपका चालकको बुधबार अपरान्ह मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहको कंकालिनी मन्दिर नजिक भएको दुर्घटनामा मे. १ च ६९२५ नम्बरको पिकअप गाडीका चालक झापाको दमक नगरपालिकाका ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पिकअप गाडीसँग १८ नम्बर बाहिनी गाईघाट उदयपुरको प्रदेश नम्बर ३–०१–००१ ग ३७२५ नम्बरको वनटन गाडी ठोक्किएको डिएसपी माधवप्रसाद काफ्लेले बताए । पिकअप गाडीका सह–चालक सुनसरीको ईटहरी उप महानगरपालिका–५ का ५२ वर्षीय भवानी र वनटन गाडीमा सवार १८ नम्बर बाहिनी उदयपुरमा कार्यरत जमदार खोटाङको मझुवागढी नगरपालिका–१० का ४२ वर्षीय जिवन गरी घाईते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको र सेनाको वनटन गाडी र चालकलाई इलाका प्रहरी कार्यालय भारदह, सप्तरीले नियन्त्रणमा लिएको छ । पोस्टमार्टमका लागि शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउन लागिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.