एमाले एकता झनै अन्योल

एमाले एकता झनै अन्योल

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले ‘एकलौटी’ रूपमा आन्तरिक जीवनमा असर गर्ने महत्वपूर्ण निर्णय गरेपछि पार्टी एकतामाथि प्रश्न उठेको छ। ओली पक्षीय केन्द्रीय कमिटीको सोमबारको बैठकले पार्टीको विधान संशोधन गरी विधान अधिवेशनको तयारीमा जुटने ‘एकतर्फी’ निर्णय गरेको थियो। उक्त निर्णयले पार्टी एकता प्रक्रिया अप्ठ्यारो मोडमा पुगेको वरिष्ठ नेता माधव नेपाल पक्षको भनाइ छ।

पार्टी एकताको पहल भइरहेका बेला ओली पक्ष एक्लै अघि बढेपछि आफूहरूमाथि नै ‘धर्मसंकट’ आइलागेको एकता प्रक्रियामा क्रियाशील नेताहरू बताउँछन्। नेपाल पक्षको सहभागिताबिनै ओली पक्ष भदौ २७ र २८ गते विधान महाधिवेशनको तयारीमा जुटेको छ। नेपाल पक्षले विधान महाधिवेशनदेखि वडा अधिवेशन प्रक्रिया रोक्न आग्रह गरेको थियो।

ओली पक्षले पार्टी अध्यक्षलाई शक्तिशाली बनाउने निर्णय गर्दै उक्त प्रस्ताव विधान अधिवेशनमा लैजाने निर्णय गरिसकेको छ। माधव पक्षका केन्द्रीय सदस्य ठाकुर गैरे ओली पक्षको निर्णयले एकता प्रक्रिया अठ्यारोमा परेको बताउँछन्। पार्टीलाई विभाजन पुर्‍याउने प्रयत्न भइएको बताउँदै नेता गेरैले परिस्थिति असजिलो भए पनि विभाजन रोक्नुपर्ने बताए। ‘परिस्थिति असजिलो छ, गैरे भन्छन्, तर थाक्नु हुँदैन, पार्टी एकता गर्नुपर्छ।’ जे जस्तो भए पनि एकता बचाउनुको विकल्प नरहेको ठाकुर बताउँछन्। 

नेपाल पक्षीय कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले पछिल्ला घटनाक्रमपछि संस्थापन पक्षसँग छलफल नभएको बताइए। त्यही कारण कुराकानी गर्ने अवस्थामा आफू नरहेको उनले बताए।
पार्टी एकताका लागि जेठ २ मा दुवै पक्षका ५÷५ जना सदस्य रहेको कार्यदल गठन भएको थियो। कार्यदलले १० बुँदे सहमति गर्दै नेताहरूलाई बुझाए पनि सार्थकता पाउन सकेन। तर, पनि कार्यदलका सदस्यहरू एकताका लागि निरन्तर सक्रिय छन्। 

विघटित कार्यदलका ओली पक्षीय संयोजक नेम्बाङले बाध्यता आइपरेका कारण संस्थापन पक्ष विधान अधिवेशनको तयारीमा जुटेको बताए। ‘विधान महाधिवेशनको तयारीमा अघि नबढी नहुने अवस्था छ, नेम्बाङले भने, ‘फागुनमा स्थानीय तहको निर्वाचनअघि नै राष्ट्रिय महाधिवशेन गर्नुपर्ने अवस्था छ।’ पार्टी एकतालाई ध्यान दिनुपर्ने भए पनि पार्टीका गतिविधि र काम कारबाही रोकेर बस्ने अवस्था नभएको नेम्बाङको भनाइ छ। पार्टी कामकारबाहीले एकता प्रक्रिया प्रभावित हुनु नपर्ने उनको तर्क छ। 

नेपाल पक्षीय नेता विरोध खतिवडा संस्थापन पक्षले एकता प्रक्रियाको ‘च्याप्टर क्लोज’ गरेको बताउँछन्। पछिल्लो समयमा ओली पक्षले गरेका गतिविधि र निर्णय सिंगो पार्टीको नभई गुटगत भएको उनको आरोप छ। ‘२०७७ फागुन २८ पछिका सबै निर्णय गुटगत हुन्, यसको अर्थ छैन। यी निर्णय एमालेका होइनन्,’  उनले भने, ‘ओलीको यही प्रवृतिले नेकपा सकियो, एमाले पनि जोगाउन सक्नुभएन।’  

वरिष्ठ नेता नेपालले पनि मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीको टाङमुनि छिरेर एकता नहुने बताए। ‘हामी दृढताका साथ अगाडि बढ्नेछौं। कसैको टाङमुनि छिर्ने छैनौं,’ नेपालको भनाइ थियो, ‘अँध्यारो सुरुङमा छिर्नेवाला छैनौं। तानाशाही प्रवृत्तिसँग झुक्ने छैनौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.