कोरोनाबाट व्यवसायीको मृत्यु भएपछि मोलुङको श्रीचौर सिल

कोरोनाबाट व्यवसायीको मृत्यु भएपछि मोलुङको श्रीचौर सिल

ओखलढुंगा : कोरोना भाइरस संक्रमणबाट एक व्यवसायी महिलाको मृत्यु भएपछि मोलुङ गाउँपालिकाको वडा नं. ६ सिल गरिएको छ । उपचारका क्रममा ओखलढुंगा सामुदायिक अस्पतालमा ती महिलाको मृत्यु भएपछि संक्रमण थप फैलन नदिन वडा सिल गरिएको हो ।

भदौ ५ गतेसम्मका लागि पूर्णरुपमा वडा सिल गरिएको वडाध्यक्ष रामकाजी तामाङले जानकारी दिए । सो अवधिमा कोरोना संक्रमण थप फैलन नदिन वडामा सबैखाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउने नियम बनाइएको तामाङको भनाइ छ ।

आवत जावत र सवारी साधान चलाउन समेत रोक लगाइएको छ । होटल तथा पसलहरु पूर्णरुपमा बन्द गरेर संक्रमण फैलन नदिने नीति लिइएको वडा कार्यालयले जनाएको छ । यो घटनासँगै ओखलढुंगामा कोरोना भाइरस सक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.