देउवाको कडा आलोचना: अधिकांश नेताको प्रश्‍न 'महाधिवेशन कहिले गर्ने?'

देउवाको कडा आलोचना: अधिकांश नेताको प्रश्‍न 'महाधिवेशन कहिले गर्ने?'

काठमाडौँ: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरुले सभापति देउवाको कडा आलोचना गरेका छन् ।

अधिकांश वक्ताले उनको सरकार सञ्चालनको शैलीमाथि कडा प्रश्न उठाएका छन् । अन्योल बनेको आसन्न महाधिवेशन र सरकार विस्तार हुन नसकेको प्रति वक्ताहरुले कटाक्ष गरेका थिए ।

केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना दिँदै मन्त्रिपरिषद विस्तारमा गरेको ढिलाइबारे प्रश्न उठाएका थिए । ‘तपाईं प्रधानमन्त्री भएको एक महिना भयो । १५ मन्त्रालय नेतृत्वविहीन छ । यस्तो अवस्थाले कसरी सरकार सञ्चालन गर्नहुन्छ ?’ 

उनले पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक राख्न नसकेको आलोचना गर्दै कार्यकर्ताबाट भाग्ने होइन पार्टी कार्यालयमा धर्ना बसेकाहरूका माग सम्बोधन गर्न अनुरोध गरेका छन् ।

कोइरालाले भने, ‘पार्टीको बैठकको लागि उचित ठाउँ पार्टी कार्यालय नै थियो । महाधिवेशन गर्न के ले रोक्यो, यहाँहरूले महाधिवेशनको टुंगो लगाउनुहोला । कार्यकर्ता कुरेर बस्यौँ । तर आजसम्म कार्यतालिका ल्याउनुभएन ।’

मापदण्डअनुसार आएका क्रियाशील सदस्यलाई मात्र मान्यता दिनुपर्छ भन्दै कोइरालले ‘विवाद रहेका वडामा १३ औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन गर्न सकिने विकल्प अघि सारेका थिए ।

विशेष महाधिवेशनको पक्षमा नरहेका कोइरालाले विशेष महाधिवेशन र म्याद थप गर्ने कुरा कदापी मान्य नहुने पनि बताए । बैठकमा अर्का केन्द्रीय सदस्य धनराज गुरुङले सभापति देउवालाई 'शेरबहादुर देउवा मलाई मनपर्छ किनभने...' शिर्षकको भिडिओमाथि आपत्ति जनाएका थिए ।

उक्त भिडियोलाई नेता गुरुङले भ्रामक कुराको संज्ञा दिएका थिए । र यस्ता कुराको पछि नलाग्न पनि उनले सुझाव दिए । ‘आइ लभ यू बा भन्नेहरूले केपी ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्‍याए । सभापतिज्यू तपाईं प्रधानमन्त्री बनेपछि कांग्रेसमा पनि मलाई शेरबहादुर मनपर्छ भन्ने प्रवृत्ति सुरू भएछ,’ नेता गुरुङले भने ।

जवाफमा सभापति देउवाले उक्त भिडियो सामाजिक सञ्जालमा देखेर आफैँ चकित भएको बताए । र उक्त भिडियो अब हटाउन लगाउने पनि बताए । ‘त्यो भिडिओ बन्द गर्न मैले निर्देशन दिइसकेँ, अब आउँदैन ढुक्क हुनुस् ।’ यस्तै डा रामशरण महतले क्रियाशीलता विवादबारे नेतृत्व गम्भीर नभएको आरोप लगाएका थिए ।  बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.