नागरिकता बनाउन भिड

नागरिकता बनाउन भिड

परासी : कोरोना जोखिमका बीचमा पनि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिड बढेको छ। जिल्लामा राष्ट्रिय परिचय–पत्रका लागि विवरण संकलन अभियान सुरु भएसँगै नागरिकता बनाउनेको भिड बढेको हो। 

परिचयपत्रका लागि संकलन हुने विवरणमा नागरिकता अनिवार्य भएकाले अन्य समयभन्दा अहिले नागरिकता बनाउनेको संख्या ह्वात्तै बढेको सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले बताए। जिल्लाका स्थानीय तहहरूमा टोली पठाएर राष्ट्रिय परिचय पत्र बनाउने अभियान सुरु गरिएको छ। जसअनुसार बर्दघाट नगरपालिकाबाट विवरण संकलन कार्य सुरु भएको छ। नयाँ नागरिकतासँगै पुराना, फोटो मेटिएको प्रतिलिपि लिनेहरू पनि आएका कारण भिड बढेको हो। 

‘नागरिकतामा भरिएको विवरण धमिलो वा फोटो स्पष्ट नभएमा स्क्यानरले लिन मान्दैन त्यसैले नयाँ भन्दा पनि प्रतिलिपि लिन आउको संख्या बढी छ।’ प्रमुख जिल्ला अधिकारी माझीले भने। 

हरेक दिन २ सय बढी नागरिकता बनाउन आउने गरेका छन्। भिड बढेपछि हरेक पालिकालाई बारका आधारमा नागरिकता वितरणको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ। साउन १ देखि सुरु भएको यो अभियान अन्तर्गत हरेक वडामा १ देखि ६ वटा टोलीहरूले विवरण संकलन गरिरहेका छन्।

विवरण संकलन गर्न जिल्लामा ४२ वटा टोली खटाइएका छन्।  सरकारी तथा निजी क्षेत्रसहित अन्य क्षेत्रबाट प्रदान गरिने सेवा सुविधा र सम्पूर्ण कामकाजमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यो अभियान सुरु गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.