देउवालाई कांग्रेस नेताको प्रश्न : सरकार बनेको एक महिनासम्म किन मन्त्रिमण्डल विस्तार भएन ?

देउवालाई कांग्रेस नेताको प्रश्न : सरकार बनेको एक महिनासम्म किन मन्त्रिमण्डल विस्तार भएन ?

काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक महिनासम्म मन्त्रिमण्डल विस्तार नहुँदा कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रश्न उठेको छ। केन्द्रीय सदस्यहरुले महिनादिनसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा प्रधानमन्त्री एवम् सभापति देउवाको ध्यानाकर्षण गराएका हुन्।  

बैठकमा बोल्दै केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री भएकोमा बधाई दिँदै पार्टीमा ध्यान दिनुपरेकोले सरकारका कामकारबाहीमा प्रभाव परेको तिर ध्यानाकर्षण गराए। कोइरालाले मन्त्रिपरिषद् विस्तारमा गरेको ढिलाइबारे बोल्दै, ‘तपाईं प्रधानमन्त्री भएको एक महिना भयो। १५ मन्त्रालय नेतृत्वविहीन छ। यस्तो अवस्थाले कसरी सरकार सञ्चालन गर्नहुन्छ ?’ 

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार सञ्चालनमा ध्यान दिन आग्रह गरे। महत्वपूर्ण समय पार्टी काममा खर्च भइरहेकोतर्फ सजग गराउँदै नेता कोइरालाले भने, ‘२५ प्रतिशत समय मात्रै सरकार सञ्चालनमा खर्च भएको छ। यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ?’

उनले सरकारलाई चाँडो पूर्णता दिन आग्रह गरे। महाधिवेशन गर्न के ले रोक्यो ? देउवालाई प्रश्न गर्दै कोइरालाले भने, ‘यहाँहरूले महाधिवेशनको टुंगो लगाउनुहोला भनेर हामी नेता र कार्यकर्ता कुरेर बस्यौं तर आजसम्म कार्यतालिका ल्याउनुभएन।’ मापदण्डअनुसार आएका क्रियाशील सदस्यतालाई मात्र मान्यता दिनुपर्ने उनको धारणा छ। विशेष महाधिवेशन र म्याद थप गर्ने कुरा कदापी मान्य नहुने कोइरालाले बताए।

बैठकमा केन्द्रीय सदस्य धनराज गुरुङ्गले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई, सरकार गठनमा किन ढिलाइ भयो ? प्रश्न गरे। उनले भने, ‘छिटो भन्दा छिटो सरकारलाई पूर्णता दिएर भ्रष्ट्राचार छानविनमा लाग्नुहोस्।’ सामाजिक सञ्जालमा आएका भिडिओको प्रसंग निकाल्दै उनले ‘शेरबहादुर देउवा मलाई मनपर्छ किनभने..’ भन्नेबारे सार्वजनिक भएको भिडिओप्रति आपत्ति व्यक्त गर्दै त्यस्ता भ्रामक कुरामा नलाग्न आग्रह गरे। आइ लभ यू केपी बा भन्नेहरूले केपी ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्‍याएको सम्झना गराउँदै गुरुङले भने, ‘सभापतिज्यू तपाईं प्रधानमन्त्री बनेपछि कांग्रेसमा पनि मलाई शेरबहादुर मनपर्छ भन्ने प्रवृत्ति सुरू भएछ, यस्तो प्रवृत्तिबाट सजग हुनुहोस्। ’

जवाफमा प्रधानमन्त्री देउवाले भने, ‘त्यो भिडिओ बन्द गर्न मैले निर्देशन दिइसकेँ, अब आउँदैन ढुक्क हुनुस्।’ प्रधानमन्त्री देउवाले बोलेका कुरा कार्यान्वयनमा आउनुपर्ने जोड दिए। उनले भने, ‘मन्त्रीमण्डल गठनमा ढिलाई भयो। जनतालेनै प्रश्न उठाउने बेला भइसक्यो।’ 

कांग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री बनेका हुन्।  साउन २९ गते उनको नेतृत्वमा सरकार गठन भएको एक महिना पुगिसकेको छ। सरकार बनेको एक महिनासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउनसम्म सकेको छैन।

अर्कोतर्फ ५ वर्ष ६ महिना सम्म पनि नेपाली काँग्रेसको महाधिवेशन गर्न नसकेर देउवाले पार्टीभित्रै अपजस पाएका छन्। अर्कोतिर १७ महिनाका लागि प्रधानमन्त्री बनेका उनको एक महिने कार्यकाल सरकार विस्तार नगरि गुज्रेको छ।

नेता कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन तोकिएको समयमा वैधानिकतामाथि टेकेर गर्न सकिने बताए। उनले सरकार गठनमा ढिलाई गरेर रमिते नबन्न पनि पार्टी देउवालाई आग्रह गरे।  
बैठकमा बोल्दै अर्का केन्द्रीय सदस्य डा. रामशरण महत्तले भने, ‘संवैधानिक संकटबाट पार्टीलाई मुक्त गराउन लागि पर्नुस्। सरकार विस्तार गर्न के ले रोक्यो ? सबै गठबन्धन सँग छलफलमा लाग्नुस्।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वडा अधिवेशनका कार्यतालिका प्रभावित भएकोले पूर्वनिर्धारित मिति भदौ १६ मा महाधिवेशन हुने सम्भावना कम हुँदै गएको बताएका छन्। उनले सरकार गठनको माहोल अब छिटै बन्ने बताए। शर्माले भने, ‘महाधिवेशन कार्यतालिका कुन रूपमा निर्माण गर्ने केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्नुहुन्छ र सबैको सुझाव सुनेपछि परिमार्जित कार्यतालिका बैठकमा प्रस्ताव हुन्छ।’

महाधिवेशनका लागि निर्वाचन निर्देशिका आवश्यक रहेकोले त्यसबारे पनि केन्द्रीय समितिमा छलफल भइरहेको शर्माले बताए। बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ।  नेताहरु महेश आचार्य, हृदयराम थानी, बलबहादुर केसी लगायतले पनि प्रधानमन्त्री देउवालाई सरकार विस्तारमा गम्भीर हुन ध्यानाकर्षण गराएका थिए। बैठक बिहीबारदेखि देउवाको निजी निवास बूढानिलकण्ठमा जारी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.