कांग्रेस महाधिवेशन मंसिरमा, यस्तो छ कार्यतालिका
काठमाडौँ: नेपाली काङ्ग्रेसको महाधिवेशन आगामी मंसिरमा हुने भएको छ ।
शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।
केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।
वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।
यस्तो छ कार्यतालिका:
१. क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति: २०७८ भदौ २
२. निर्वाचन निर्देशिका बुझाउने: २०७८ भदौ २
३. वडा अधिवेशन: २०७८ भदौ १८
४. गाउँ/नगर पालिका: २०७८ भदौ २७
५. प्रदेश क्षेत्र क/ख: २०७८ असोज १
६. संघीय निर्वाचन क्षेत्र: २०७८ असोज ५
७. जिल्ला : २०७८ असोज १०
८. प्रदेश: २०७८ कात्तिक १० देखि १२
९. केन्द्रीय : २०७८ मंसिर ९ देखि १३