कांग्रेसले भ्रातृ संघहरूको पनि म्याद थप्यो
काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आफ्ना भ्रातृ संघहरूको पनि छ महिना म्याद थपेको छ ।
अधिवेशन गर्ने समय पुगेका भ्रातृ संघहरुको पनि म्याद थपिएको हो । नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको म्याद छ महिना थपिएको पार्टीका मुख्य सचिव कृष्ण चन्द्र पौडेलले जानकारी दिए ।
यीमध्ये कतिपय भ्रातृ संघको वर्षौँदेखि अधिवेशन हुन सकिरहेको थिएन । केन्द्रीय समितिको निर्णय अनुसार पदावधी सकिएको मितिले भ्रातृ संस्थालाई छ महिना म्याद थप गर्ने निर्णय भएको छ।