सुनका गहनासहित दुईजना पक्राउ

सुनका गहनासहित दुईजना पक्राउ

गुलरिया : बर्दियामा प्रहरीले बिल भरपाई नभएका सुनका गरगहनासहित दुईजनालाई नियन्त्रणमा लिएको छ। गुलरिया नगरपालिका-८ स्थित भादापुलमा चेकजाँचका क्रममा पूर्वतर्फबाट पश्चिम गैरहेको अवस्थामा स्कुटरमा सवार उनीहरुलाई बिल भरपाई नभएका सुनका गरगहना बोकेको आरोपमा पक्राउ गरिएको हो।

सवारी चेकजाँचका क्रममा बिल भरपाई नभएका सुनका गरगहना भेटिएपछि गुलरिया नगरपालिका- ७ निवासी २४ वर्षीय दिपेन्द्र सिंह र वडा नम्बर ३ निवासी २३ वर्षीय अशोक लोधलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए। अगाडितर्फ लु ६२ प ६२२६ र पछाडि लु ६२ प ६८२६ लेखिएको नम्बर प्लेटको स्कुटी खानतलासीका क्रममा स्कुटीको डिक्की भित्र राखेको करिब ६ लाख ४८ हजार ५०५ रुपैयाँ मुल्य बराबरको ८६ दशमलव ६४ ग्राम सुनका गरगहना फेला परेको उनले जानकारी दिए। 

प्रहरीलाई गरगहना बोकेको प्राप्त गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा एउटै स्कूटरमा शंकास्पद रुपमा दुईवटा नम्बर प्लेट राखेको पाइएपछि खोजतलास गर्दै जाँदा सुनका गरगहना फेला पारिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। 'हामीलाई नेपालगंजबाट सूचना आयो सबै प्रहरी युनिटलाई चनाखोपार्दै चेकजाँचलाई कडाई गर्यौ। बर्दिया भित्रिने सबै नाकामा हाईअलर्टगर्दै प्रहरी परिचालन गर्यौ। फल स्वरुप उनीहरुलाई नियन्त्रणमा लिन सफल भयौं।' उनले भने, 'हामीलाई टिपाएको स्कुटरको पछाडिको नम्बर थियो तर स्कुटरको अगाडि फरक नम्बर देख्यौं थप शंका लागेपछि छानविनका क्रममा स्कूटी भित्रको डिक्कीमा मिठाईको डब्बा भित्र प्याकिंग गरी राखिएको बिना बिल भरपाईको सुनका गहना फेला पार्यौ। गहना कहाँबाट ल्याएको भन्ने सम्बन्धमा उनीहरुले ठाउँ बताउन नसकेको एसपी कार्कीको भनाई छ। दुवै जनासँग अनुसन्धान भैरहेको छ।'

शंकास्पद स्कुटरसहित उनीहरु दुवैजना, सुनका तिलहरी, सिक्री, कानवाली लगायतका गरगहना नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको छ। अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने उनले प्रष्ट्याए। पछिल्लो समय बर्दियामा अवैंध गतिविधि बढ्दो क्रममा छ। प्रहरीले लागुऔषध प्रयोगकर्ता र विक्रेता, भन्सार छलिका अवैंध भारतीय सामान लगायत फरार कसुरदारहरुलाई नियन्त्रणमा लिने काम तीव्र गतिमा भैरहेको जनाएको छ। लकडाउनका बेला बन्द भारतीय सीमानामा हुने अवैंध गतिविधि रोक्न गस्ती बढाईएको उनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.