सीमाबाट भन्सार छलीका सामान बरामद
![सीमाबाट भन्सार छलीका सामान बरामद](https://annapurnapost.prixacdn.net/media/albums/baramad-_20210818060745_QvpTCBcqNZ.jpg)
गुलरिया : सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बर्दियाले नेपाल-भारत सीमाक्षेत्रबाट सामान बरामद गरेको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया मातहतका बिओपीले निकासी पैठारीका क्रममा रहेका अवैध सामग्रीहरु सीमाक्षेत्रबाट बरामद गरेको हो ।
डिजल, कवाडी सामग्री तथा सूर्तिजन्य पदार्थ, सालको काठ र विभिन्न जातका ३ हजार माछाका भुरालगायतका सामग्री बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाका गणपति शसस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए ।करिब ९२ हजार ७६० रुपैयाँ मूल्य बराबरका सामग्री बरामद गरेको हो।
हामीले माछाका सबै भूरा स्थानीय निकायको रोहवरमा नष्ट गरिएको छ।बरामद सामग्री पेट्रोलियम पदार्थ डिजल राजापुर भन्सार कार्यालय गुलरियालगायत सम्बन्धित कार्यालयमा पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)