महिलाको शंकास्पद मृत्यु
ओखलढुंगाः खिजीदेम्वा गाउँपालिका ९ मा ५८ वर्षीया कमुनी शेर्पाको शंकास्पद मृत्यु भएको छ । मृतकका माइतीपक्षबाट हत्या गरिएको भन्दै परिवारकै सदस्यविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् ।
साउन ३२ गते राति लडेर मृत्यु भएको प्रहरीले सूचना पाएको थियो । घटनास्थलमा प्रहरी पुग्दा स्थानीयले कुटपिटबाट मृत्यु भएको बताएका थिए।घटना शंकास्पद भएकाले अनुसन्धान.थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी गोविन्दराज काफ्लेले जानकारी दिए ।
उनले अनुसन्धानबाट हत्या यकिन भइनसकेकाले आरोपितको नाम उल्लेख गर्न चाहेनन् । मृतकको माइती पक्षका जाङ्बु शेर्पाले छोराले नै हत्या गरेको किटानी जाहेरी दिएका छन् ।उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
४