रक्षा बाँध्ने र जनै फेर्नेको पशुपतिमा घुइँचो (फोटोफिचर)
काठमाडौं : पशुपतिनाथ मन्दिरमा आइतबार दिनभर चहलपल रह्यो । फूल, प्रसाद लिएर भक्तजनहरु पशुपतिनाथको पूजा गर्न मन्दिर पुगे । तर, मन्दिर बन्द रहेकाले बाहिरबाट फर्किए। गत वैशाख पहिलो सातादेखि कोरोना जोखिमका कारण मन्दिर प्रवेशमा रोक लगाइएको छ।
माक्स लगाएर भक्तजनहरु ‘जय पशुपतिनाथ’ भन्दैं बाहिरबाटै पूजा गरे । भगवानलाई ढोगें । आइतबार पुरोहितबाट जनै लगाउन र रक्षा बन्धन धारण गर्नेहरुको पाशुपत क्षेत्रमा घुइँचो थियो । मन्दिर क्षेत्रमा मुख्य ढोकामा ताला लगाइएको भएपनि बाहिरबाट दर्शन गर्ने भक्तजन भीड लागेको थियो।
साउन शुक्ल पूर्णिमाका दिन चूडाकर्म सम्पन्न गरेका तागाधारीहरुले वैदिक मन्त्रोच्चारण गरिएको यज्ञोपवित (रक्षासूत्र) धारण गर्ने प्रचलन छ। चूडाकर्म नगरेकाले भने नाडीमा डोरो बाँध्ने चलन छ ।
जनैको ६ शिखालाई ब्रह्मा, विष्णु, महेश्वर र ज्ञान, कर्म, योगका रूपमा सनातन धर्मावलम्बीले मान्दै आएको पशुपतिनाथ मन्दिर क्षेत्रमा भेटिएका पुरोहित सुदर्शन प्रसाद ढोडारी बताए । जनैलाई ब्रह्म सूत्र वा ज्ञानको धागो मानिन्छ। यसै दिन तराईमा दाजुभाइले दिदीबहिनीलाई राखी बाँधेर दीर्घायुको कामना गर्ने प्रचलन छ । पशुपतिनाथ मन्दिर पुगेर अन्नपूर्णकर्मी राजकरण महतो र रविन भट्टराईले कैद गरेको तस्बिहरु :