वित्तीय पहुँच बढ्दै

वित्तीय पहुँच बढ्दै

काठमाडौं  : बैंक तथा वित्तीय संस्था विस्तार हँुदै गएपछि  नेपालीको वित्तीय पहुँच बढ्न थालेको छ। पछिल्लो जनगणनाअनुसार नेपालको कूल जनसंख्या २ करोड ९९ लाख ७४ हजार ३ सय ६० रहेकोमा बैंकहरूको कुल रजिस्टर्ड खाता ३ करोड १८ लाख हाराहारीमा पुगेको छ। 

यो वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाको मात्रै हो। यसबाहेक लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाहरूमा भएको वित्तीय पहुँचलाई भने यसमा जोडिएको छैन। यद्यपि यस्तो पहुँच भने सहर केन्द्रित भएको पनि औंल्याइएको छ। केन्द्रीय बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ यो अध्ययन प्रतिवेदन ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणको आधारमा तयार पारिएकाले यसपछि झन वित्तीय पहँुच बढेकोे बताउँछन्। वित्तीय साक्षरता प्रवद्र्धन, शाखा विस्तार, शाखारहित बैंकिङ, भुक्तानी प्रणालीको आधुनिकीकरण गर्नेलगायतका नीतिगत व्यवस्थाले बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा पुर्‍याउने नागरिकको संख्या क्रमशः घट्दै गएको देखिएको छ। केन्द्रीय बैंकका अनुसार अध्ययनले निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ।

सो अवधिसम्ममा वित्तीय संस्थामा कर्जा खाता संख्या १६ लाख ८२ हजारमाथि छ। निक्षेप खाता संख्या ३ करोड माथि भए पनि सबै नियमित सञ्चालनमा भने छैनन्। यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको दुई करोड ९९ लाख २८ हजार ४ सय ३६ निक्षेप खाता छन्। प्रतिवेदनअनुसार तीनपुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा ६७ दशमलव ३४ प्रतिशत  छ। २०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत थियो। कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको छ। 

‘वृद्धा, एकल भत्ताजस्ता सामाजिक सुरक्षाका लागि खाता खोल्नुपर्ने अनिवार्य व्यवस्थाले वित्तीय पहुँच बढेको देखिएको छ,’ उनले भने, ‘सरकारले एक व्यक्ति एक खाता अभियान पनि सुरु गरेको थियो। सेयरमा प्रवेश गर्नेहरूले पनि अनिवार्य रूपमा खाता खोल्नुपर्ने व्यवस्था लगायतले पनि समग्रमा खाता संख्या बढेको हुन सक्छ।’ 

तर, पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माले चालू आवको  आर्थिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा वित्तीय पहुँचमा अझै कमजोर भनेर औंल्याएका थिए। उनको भनाइलाई कार्यकारी निर्देशक डा. श्रेष्ठ भने समग्रमा पहुँच बढ्दै गए पनि दुर्गम भेगमा भने अझै कमजोर भएको स्वीकार गर्छन्। यसलाई सुधार गर्न जरुरी भए पनि यसको माग र आपूर्तिको आधारमा पनि भर पर्ने डा. श्रेष्ठ तर्क गर्छन्।  अध्ययनले प्रतिहजार व्यक्ति ९ सय ९८ खाता रहेकोमा पुरुषको प्रतिहजार व्यक्ति १ हजार ३ सय १४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६ सय ८७ खाता छन्। प्रदेशगत रूपमा सबैभन्दा बढी बागमती प्रदेशमा प्रतिहजार व्यक्ति १ हजार ८ सय २ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४ सय ५८ खाता छन्। महानगरमा प्रतिहजार व्यक्ति ३ हजार २ सय ९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २ सय ५१ खाता छन्। 

कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय छन्। पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय छन्। ग्रामीण नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको पाइएको छ। प्राकृतिक व्यक्तिले खोलेका कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको हिस्सा ९०.६ प्रतिशत र मुद्दती निक्षेप खाताको हिस्सा ३.१ प्रतिशत छ। 

व्यक्तिगत खातामा ९६.१५ प्रतिशत हिस्सा वयस्क व्यक्ति (पन्ध्र वर्षभन्दा माथि) को छ। प्रति एक लाख जनसंख्यालाई सेवा पुर्‍याउने बैंकको शाखा संख्या औसतमा १८.९८ प्रतिशत छ। उक्त संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ र सबैभन्दा कम प्रदेश नं. २ मा ९.७३ प्रतिशत छ। ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसंख्यालाई सेवा पुर्‍याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ। 

खाता खोलेका सबैले वित्तीय कारोबार गरेका छैनन्। बैंकका ग्राहक सबैले मोबाइल बैंकिङ, डेविट कार्डलगायतका वित्तीय उपकरणको प्रयोग गरेका छैनन्। नेपाल राष्ट्र बैंकको ‘नेपालमा वित्तीय पहुँच’ को अध्ययनले पनि अझै प्रविधिको प्रयोगमा कमजोर रहेको निचोड निकालेको छ।  

उमेरगत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको देखिएको छ। युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको माग दिनानुदिन बढ्दै जाने केन्द्रीय बैंकको विश्वास छ। 

उक्त अध्ययनले प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेको देखाएको छ। यस्तै, प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता बागमती प्रदेशमा सबैभन्दा बढी क्रमशः २६.११, ३३.१२ र ६.४० प्रतिशत छ। प्रतिखाता एटीएम प्रयोगकर्ता गण्डकी प्रदेशमा सबैभन्दा कम १४.५० प्रतिशत, प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं. २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.