आठ महिने छोरी छातीमा टाँसेर झुण्डिए आमा-बाबु
झापा : झापाको कनकाई नगरपालिका–१ सिर्जना टोलमा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन्। झुण्डिएको अवस्थामा आमाबाबु र नाबालक छोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
प्रहरीका अनुसार आमाले छोरी छातीमा टाँसेर बोकेकी छन्। ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र आठ महिनाकी रुविना विकको शव घरभित्र झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले बताए।
रविन बैदेशिक रोजगारीमा जाने तयारीमा थिए। आत्महत्याको कारण खुलेको छैन। छिमेकीहरुले विक परिवार ऋणमा डुवेर समस्यामा पर्दै आएको जनाएका छन्।