मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

उदयपुर : उदयपुर बेलका नगरपालिका- ५ गलेनीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका वृद्धको आइतबार बेलुका  मृत्यु भएको छ। बेलकाबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही ठाउँका ८० वर्षीय रामबहादुर श्रेष्ठको मृत्यु भएको हो। 

आइतबार बेलुका ६ बजे दुर्घटनाबाट गम्भीर घाइते भएका श्रेष्ठको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोप्पामा राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए। 

दुर्घटनामा चालक सुनसरी रामधुनी नगरपालिका- ३ झुम्काका २४ वर्षीय रोयलकुमार चौधरी र पछाडि सवार सोही ठाउँका स्थानका २४ वर्षीय सुरजकुमार चौधरी सामान्य घाइते भएका छन्। प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको डीएसपी गौतमले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.