पढेको ऋण तिर्न साउदी रोजेका इन्जिनियर दाजु-भाइको कथा

पढेको ऋण तिर्न साउदी रोजेका इन्जिनियर दाजु-भाइको कथा

काठमाडौं : रातको तीन बज्दै थियो । आँखाले देखेसम्म युवाहरुको परैसम्म ठूलो लाम देखिन्छ । त्यही भीडमा कालो माक्स लगाएका एक युवा सडकमा उभिएका छन्, त्यसै साढे चार फिटका । वर्षा बर्सिरहेको छ, उनी भिजेरै लाममा छन् बिहानी प्रतीक्षालयमा । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको गेटअघि उनी उभिरहेका थिए । हामी पनि उनकै नजिकमा पुग्यौं ।

तपाईंको शुभ नाम

विवेक कुमार राउत ।  

घर कहाँ पर्यो ?  

जनकपुर नजिकैको फुलगम्मा गाउँ

किन लाइन बस्नु भएको ?

भाइलाई विदेश पठाउनुछ । त्यसका लागि खोप लगाएको प्रमाण पत्र चाहिन्छ । त्यही लिन उभिरहेका छौं । एक हप्ता पहिले यस्तो कागज मैले लिइसके’

तपाईं दुवै दाजुभाइले कति पढ्नु भएको छ ? 
म चाहिँ सिभिल इन्जिनियर अनि भाइ बबलु इलेक्ट्रिकल ओभरसियर।

तपाईंहरुको पढाइमा कति खर्च भयो ? 
१०-१२ लाख । 

यत्रो रकम कहाँबाट ल्याउनुभयो ?
बुवा (राधेश्याम)ले १२ कठ्ठा जति खेत बेच्नु भयो, आमाले नाक र कानको सुनको गहना रित्याउनुभयो । हामी पढ्दाको अझैं ५-६ लाख ऋण छ।

देशमै रोजगारी खोज्नु भएन ? 

दुई वर्षसम्म खोजेको नि । तर, तीन महिना सितैमा काम गर भन्छ । त्यसपछि १०–१५ हजार तलब दिन्छु भन्छ । त्यसको पनि टुंगो छैन । चार–पाँच वर्ष लगाएर लोकसेवाको तयारी गरौं नाम निस्किन्छ कि निस्किदैन, ठेगान भएन । तबसम्म कसरी बाच्ने ? विदेश जाने मजबुरी भयो ।

हजारौं युवा दैनिक खाडीमुलुक पसिरहेका छन् दाम र मामको खोजीमा । विदेश उड्नेहरु कमैसँग सीप छ । तर, त्यो भीडभन्दा दाजुभाइ विवेश र बबलु निकै टाढा छन् । उनीहरुसँग ज्ञान र सीप छ । तर, देशमै रोजगारी नपाएपछि उनीहरु विदेशिन लगेका हुन् ।

रातभरी सडकमा रुझेर खोप लगाएको प्रमाण पत्र लिएर मंगलबार बिहान ७:४५ बजे प्लेनमा साउदी उडेका छन् । विवेक २०–२५ दिनपछि उड्ने तर्खरमा छन् । खोप लगाएको  क्यूआरकोडसहितको प्रमाणपत्र, मेडिकल लगाएर उनी भीसा कुरिरहेका छन् । भीसा आएपछि उनी पनि स्वदेशबाट विदेश हानिनेछन् दुई छाक माम जुटाउन ।

‘भाइलाई विदेश पठाउन गाउँमा सैकडा ३ रुपैयाँमा १ लाख २० हजार ऋण लिएको छु,’विवेक भन्छन्,‘साउदी जान म पनि कर्जा खोज्दै छु ।’ विदेशलाई श्रम बेच्ने जिल्लाको सूचीमा महोत्तरी र धनुषाको नाम शीर्षस्थानमा छ ।

कुर्ता,पाइजामा र थोत्रो चप्पल लगाएर टेकुको सडकै पालो कुर्दै थिए सर्लाहीको मलंगवा–६ खुटोनाका ३३ वर्षीय अहमद अजगर । उनी १० वर्षसम्म बिरानो भूमिमा पसिना बगाएर १९ महिनाअघि फर्किएका थिए, अब अरुको देशमा पाइला नटेक्ने भनेर । तर, उनी फेरि विदेश जाने युवाहरुको लाममा छन् । ‘जो विदेशबाट आउँछ उसलाई ऋण दिएर स्वदेशमै काम गर्ने अवसर दिन्छौं,’ सरकारले दिएको नाराबारे उनले भने,‘बैंकमा तीन पटक ऋण लिन गएँ । जग्गाको लालपुर्जा धितो राख्न भन्छ, लालपुर्जा नै छैन कहाँबाट उसलाई दिउँ ।’

बिनाधितो कर्जा दिने सरकारको हल्ला मात्रै रहेको उनीले आक्रोश पोखे । ‘विदेशीले त छप्पड दिन्छ दिन्छ, आफ्नै देशमा जाबो एउटा प्रमाणका लागि सडकमा सुत्नुपर्छ,'उनले पीडा पोखे,‘सरकारले त हामीलाई एक प्रकारले हात नै हानिरहेको छ ।’

वर्षाले भिजिएर खोकी रहेका उना अनुहारबाट चमक हराएको देखिन्थयो । ‘चुनाव आयो कि नेताहरु हात जोड्दै दैलोमा पुग्छन् । भोट दिनुस् तपाईंको सबै समस्या हामी हल गछौं, 'उनले भने,‘तर जितेपछि फर्केर हेर्दैनन्।’

सरकारसँग राम्रो सिस्टम छ । ढुकुटीमा धेरै रकम छ । तर, नेताहरुले त्यो नियम कानुन र रुपैयाँ सबै गोलमाल गरिहेको उनले वर्णन गरे ।‘हाम्रो जस्तै नेताहरुको खुट्टामा चप्पल थियो, 'अहमद भन्छन्,‘तर, अहिले उनीहरु ठूला कार र महलमा बस्छन् । हाम्रो जीवन जस्ताकै त्यस्तै छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.