मनसुन एक सातासम्म सक्रिय : कुन-कुन नदी आसपासमा बहाव बढ्छ ?

मनसुन एक सातासम्म सक्रिय : कुन-कुन नदी आसपासमा बहाव बढ्छ ?

काठमाडौं : मनसुनी वायु सक्रिय रहेका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन एक सातासम्म सक्रिय रहने र आगामी शुक्रबारसम्म वर्षा हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए। उनका अनुसार आज पहाडी र तराई क्षेत्रमा वर्षा भइरहेको छ।

विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्युन चापिय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ। सोमबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षा भएको छ। राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार पोखरामा गत २४ घण्टामा यस वर्षकै धेरै वर्षा भएको छ।

मगंलबार दिउँसो  प्रदेश नं १,  बागमती प्रदेश ,गण्डकी प्रदेश,लुम्बिनि प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। राती प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश ,गण्डकी प्रदेश,लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंगलबार नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव बढ्ने;कोशी र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। तिनाउ, पश्चिम राप्ती र बबईमा बहाव बढ्ने कन्काई, कमला, बागमती, पूर्वी राप्ती लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ।  प्रदेश १, प्रदेश २,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मध्यपहाड, चुरे र तराईको भूभाग भई बहने केही स-साना नदीहरुमा बहाव बढ़ने र केहीमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाको भनाई छ।

बुधबार प्रदेश नं १,  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.