महन्थ ठाकुरसँग भाजपा नेता चौथाइवालेको भेटवार्ता

महन्थ ठाकुरसँग भाजपा नेता चौथाइवालेको भेटवार्ता

काठमाडौँ: भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय मुरलीधर चौथाइवालेले जनता समाजवादी पार्टी लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे उनीहरुबीभ छलफल भएको थियो । साथै ठाकुरले जसपाबाट अलग्गिएर नयाँ पार्टी दर्ता गरेकोबारे पनि भाजपाका नेता चौथाइवालेले चासो देखाएका थिए ।

भेटको क्रममा चौथाइवालेले ठाकुरको नयाँ पार्टीसँग भाजपाको सम्बन्ध सुधार्न चाहेको प्रतिक्रिया दिएका थिए । साथै ठाकुरलाई नयाँ पार्टीका लागि शुभकामना समेत दिएका थिए ।

सोमबार बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेपछि चौथाइवालेले ठाकुरसँग भेट गरेका हुन् । सोमबार साँझ नै उनले पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले यसअघि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.