पाँच हजार बढीले भरे गोसाइँकुण्ड मेला
रसुवा : गोसाइँकुण्ड मेला सम्पन्न भएको छ। कोरोना भाइरस संक्रमणका कारण यस वर्ष पाँच हजार तीर्थयात्री मात्रै गोसाइकुण्ड पुगेको जनाइएको छ। गोसाईंकुण्ड होटेल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलले गत साउन २९ देखि भदौ ६ सम्म लागेको मेलामा पाँच हजारभन्दा बढी तीर्थयात्री गोसाईंकुण्ड पुगेको जानकारी दिए।
गोसाइँकुण्डमा स्नान र पूजाआर्जा गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन प्राय जनैपूर्णिमाका बेला आयोजना हुने गोसाइँकुण्डमा मेला भर्न जाने गरेका हुन् ।
मेलामा तीर्थयात्रीको सुरक्षाका लागि नेपाली सेनाको उद्धार टोलीसमेत तयार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए।
गोसाइँकुण्डमा वर्षेनी गङ्गादशरामा १० दिन र भाद्र शुल्क पूर्णिमा अर्थात जनैपूर्णिमा पर्वका अवसरमा हजारौं भक्तजन कुण्ड पुग्ने गर्छन्। यी दुई दिन गोसाइँकुण्ड पुगेर पूजाआजा गरे मनोकांक्षा पूरा हुने धार्मिम विश्वास रहिआएको छ ।
१०८ कुण्ड रहेको रसुवा बर्सेनि हजारौंको संख्यामा भक्तजन आउने गरेका छन् । समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड सन् २००७ सेप्टेम्बरमा रामसार सूचीमा समेत सूचीकृत छ।
प्रतिक्रिया दिनुहोस !