खोप प्रकरणमा खड्कालाई सफाई दिँदै कारबाही सिफारिस

खोप प्रकरणमा खड्कालाई सफाई दिँदै कारबाही सिफारिस

झापा : कोरोना भाइरसविरुद्धको खोप होटलमा लुकाएको आरोप लागेका बिर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन ओम खड्काले सफाई पाएका छन्। खोप लुकाइएको भनिएको घटनाका विषयमा छानविन गर्न गठित समितिले खड्काको खोप लुकाउने नियत नदेखिएको निष्कर्ष निकालेको हो। 

साउन दोस्रो साता बिर्तामोडको एउटा होटलमा जिल्ला स्वास्थ्य कार्यालयले पठाएको खोप फोकल पर्सन खड्काले बुझेका थिए। कार्यालयमा बुझ्नु पर्ने खोप होटलमा बुझेको देखेपछि होहल्ला भएको थियो। लगत्तै कांग्रेस र माओवादी कार्यकर्ताले खँड्कालाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए। 

होटलमा खोप भेटिएपछि खड्काले लुकाएको भन्दै चौतर्फी आलोचना भएको थियो। स्थानीय व्यवसायीले खड्काको नियत ठीक नभएको जनाउँदै कार्वाही गर्नुपर्ने आवाज उठाएका थिए। कांग्रेस र माओवादी कार्यकर्ताले घटनाको छानविन गर्न माग गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी गरेपछि जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। 

छानविन समितिमा जिल्ला समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापा, सशस्त्र प्रहरीका डीएसपी प्रेम प्रसाईं, र अनुसन्धान अधिकृत किरण भट्टराई सदस्य थिए। छानविन समितिले खड्काले खोप लुकाएको नदेखिएको निष्कर्षसहित सोमवार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई छानबिन प्रतिवेदन बुझाएको छ।

पूर्वनिर्धारित समयभन्दा झण्डै तीन साता ढिलो समितिले प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा खड्काले होटलमा खोप बुझेको विषयलाई भने छानविन समितिले चरम लापरबाही भएको उल्लेख गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी रिमालले होटलमा खोप बुझ्ने कार्य कानूनसम्मत नदेखिएकाले खड्कालाई विभागीय कारबाहीका लागि सिफारिश गरिएको बताए।

कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले अनुमोदन गरेपछि खड्कामाथि विभागीय कारबाही गर्न माथिल्लो निकायमा पठाइने समितिका संयोजक रिमालले जानकारी दिए। छानविन समितिले घटनाको वस्तुगत अवस्था अध्ययन गरी सरोकारवालासँग छलफल गर्दै प्रतिवेदन तयार पारेको हो। आरोपित पक्षले खोप लुकाएको विषयमा प्रमाण दिन नसकेपछि समितिले घटनामा खड्काको नियत नदेखिएको प्रष्ट्याएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.