कोरोनाको मारमा पशुपतिका पुरोहित:‘हे पशुपतिनाथ छिटो करोना भगाऊ’
राजकरण महतो/रविन भट्टराई
काठमाडौँः ‘कोरोनाले चौपट बनायो । मान्छेको मृत्यु भइरहेको, कति बिरामी भइरहेका छन् । अझै मान्छेहरु घरबाट बाहिर कमै निस्किन्छन्,’ ७२ वर्षीय पुरोहित यदुनाथा घिमिरेले भने,‘पशुपतिनाथ मन्दिर पनि बन्द छ । यहाँ पहिला जस्तो मान्छे आउँदैन । हामीलाई आम्दानी हुनै छोड्यो ।’ १२ वर्षदेखि उनी पशुपतिनाथ मन्दिरको सडक पेटीमा बसेर पुरोहितको काम गर्दै आएका छन् ।
‘जजमान र भक्तजनहरुले खुसीले दिएको दक्षिणबाटै हाम्रो जीवन चल्छ,’उनी भन्छन्,‘शिवरात्री र साउनमा पशुपतिमा ठूलो मेला लाग्थ्यो । कोरोनाले त्यो मेला लाग्दैन । मन्दिरको ढोका बन्द छ ।’ भीडभाड नभएर पुरोहितहरु समस्यामा परेको उनले सुनाए ।
गुल्मीका यदुनाथलाई कोरोना महामारी फैलिएपछि कोठा भाडा तिर्न पनि समस्या भयो । लामो समय सबै तिर बन्यो । मानिसहरु ज्यान जोगाउन तिर लागेका छन् ।मानिसले पूजा, ब्रतबन्ध, श्राद्ध, रुद्री लगाउन कम गरेको भन्दै उनले थपें,‘जजमानहरुको कमाई छैन, पूजापाठ लगाउने धेरै कम भयो,’ हे पशुपतिनाथ देशबाट छिटो करोना भगाऊ, सबैको कल्याण गर्नुहोस् ! उनले कामना गरे ।
कोरोना महामारीले उनको मात्रै होइन देशैभरीका मन्दिर बन्द भएपछि त्यहाँ पुरोहित गर्नेहरु समस्यामा परेका छन् । धेरै पुरोहित जम्मा हुने ठाउँ हो विश्व सम्पदामा सूचीकृत पाशुपत क्षेत्र । तर, यहाँ करिब ढेड बर्षदेखि कोरोनाले गर्दा मेला, पर्व कुनै आयोजन भएको छैन । मान्छेहरु निकै कम आउँछन्, प्रहरीले मुल मन्दिर भित्र पस्न दिदैंन ।
पशुपतिनाथमा अलि चहल पलह भएको दिन थियो आइतबारको जनैपूर्णिमाको दिन । मुल मन्दिर नखुले पनि भक्तजनहरु बाहिरहकमा मन्दिरमा लाम लागेर पूजा गरिरहेका थिए । मन्दिर गेटमा जनै र रक्षा बन्धन लगाउनेहरुले पुरोहितहरु थिए ।उनीहरु अरु दिन भन्दा कृही राहत महसुस गरिरहेका थिए । जनैपूर्णिमामा काम पाएर उनीहरुले भक्तजनहरुबाट धेरथोर दक्षिण पाएँ ।
पाशुपत क्षेत्रमा भेटिए अर्का पुरोहित बाराको निजगढका ४८ वर्षीय सुदर्शन प्रसाद ढोडारी । उनी २०६५ सालदेखि पुरोहित गर्दै आएका छन् । उनलाई पनि कोरोनाले दुःख दिएको गुणसो गर्दै थिए । ‘पहिला जस्तो आम्दानी छैन । हाम्रो जीवन बाच्ने आधारै यहि नै हो,’उनले भने,‘कोरोनाले यत्र, तत्र, सर्वत्र तवाही मचायो । त्यसको मारमा हामी पुरोहितहरु परेका छौं ।’ अरु दिन त्यस्तै १५-१६ हुन्छ, जनैपूर्णिममा कम्तिमा १ सय ५० जना पुरोहित मन्दिर परिषरमा रहेको उनले भने,‘अरु दिन भन्दा हामी आज अलि राम्र्रै छ ।’
शिवरात्री र साउने मेलामा एउटा पुरोहितले १५-२० हजारसम्म कमाउने गर्थे । कोरोनाले महामारीले दुई वर्ष पहिला जस्तो पशुपतिनाथ मन्दिरमा भक्तजन नआएको दोलखाका हरिप्रसाद सुवेदी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस !