कोभिडका नाममा स्थानीय तहको ‘मनपरी’

कोभिडका नाममा स्थानीय तहको ‘मनपरी’

काठमाडौं : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कोभिडको समयमा २४ हजार थान साबुन खरिद ग¥यो। तीमध्ये पाँच हजार दुई सय ६० वितरण भएको र एक सय ४४ वटा मौज्दात देखियो। तर, चार लाख ९० हजार मूल्यको १८ हजार पाँच सय ९६ थान साबुन ‘गायब’ छ। 

महालेखाको ५८ औं प्रतिवेदनअनुसार स्थानीय तहमा कोभिड नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण र स्वास्थ्य सामग्री खरिदमा मनपरि गरेको पाइएको छ। प्रतिवेदनका अनुसार महोत्तरीको मटवानी नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनामा २४ लाख रुपैयाँ खर्च ग¥यो। जसमध्ये १८ लाख ५३ हजारको खरिद आदेश, माग फारम र दाखिला रिपोर्ट नै छैन। 

झापाको मेचीनगर र अर्जुनधारा नगरपालिकाले कोभिड व्यवस्थापनको बजेटबाट सवारीसाधन मर्मत तथा भाडामा आठ लाख ८ हजार खर्च गरेको पाइएको छ। बाराको निजगढ नगरपालिकाले कोरोना कोषबाट आगलागी र बाढी पीडितका लागि दस लाख ६४ हजार खर्च गरेको छ। डोटीको बडीकेदार गाउँपालिकालगायत ९ स्थानीय तहले कोरोना नियन्त्रणका लागि कोषको परिचालन नगरी अन्य शीर्षकमा विनियोजित बजेटबाट चार करोड ५६ लाख ६५ हजार खर्च गरेका छन्। लुम्बिनी प्रदेशको रुन्तिगढी गाउँपालिकाले कोरोना महामारी रोकथाम तथा उपचारका लागि सोही नामको अर्को कोष खडा गरी १८ लाख ५८ हजार भत्तामा खर्च गरेको छ। जनकपुर नगरपालिकाले ‘खान नमिल्ने’ चामल राहतमा वितरण गर्न खोज्दा स्थानीयले फिर्ता गरिदिए। तर,  बिल भर्पाइमा भने सडेको चामलको तीन लाख ९५ हजार रकम पनि नगरपालिकाको कोषबाट तिरेको उल्लेख छ। 

महालेखाको प्रतिवेदनअनुसार बिनाकार्ययोजना प्रदेश १ का  एक सय ३२ स्थानीय तहले एक अर्ब १४ करोड खर्च गरेका छन्। प्रदेश २ का एक सय ३६ स्थानीय तहले २ अर्ब ३३ करोड, बागमतीका ९८ स्थानीय तहले ९६ करोड ३७ लाख, गण्डकीका ८५ स्थानीय तहमा ६६ करोड ३९ लाख, लुम्बिनीका ९३ स्थानीय तहले १ अर्ब १० करोड, कर्णालीका ४७ स्थानीय तहले ६२ करोड ४० लाख र  सुदूरपश्चिममा ७९ स्थानीय तहले ९० करोड बिनाकार्ययोजना खर्च गरेका छन्। 

यसरी खर्च गर्दा अत्यावश्यक क्षेत्रमा बजेट कम हुने र न्यून खर्च पुग्ने क्षेत्रमा बढी खर्च भई स्रोत र साधनको प्रभावकारी उपयोग नहुने स्थिति सिर्जना हुन्छ, महालेखा प्रतिवेदमा उल्लेख छ। सहिद लखन गाउँपालिका गोरखाले एक हजार ९ सय २१ रुपैयाँमा पीपीई खरिद गरेकोमा देवघाट गाउँपालिका तनहुँले १० हजारमा पीपीई खरिद गरेको पाइएको छ। यस्तै, गोरखाको बारपाक सुली गाउँपालिकाले दुई हजार ९५ को दरले पीपीई खरिद गरेको छ भने तनहुँको ब्यास नगरपालिकाले ६ हजार ८६ का दरले पीपीई खरिद गरेको महालेखाको प्रतिवेदनमा छ। 

कोरोनाका नाममा विभिन्न स्थानीय तहले उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि स्यानिटाइजर, मास्क, पीपीईलगायतका सामग्री सोझै प्रक्रियाबाट खरिद गरेका थिए। खरिदमा एकरूपता छैन। स्याङ्जा गल्याङ नगरपालिकाले ३५ रुपैयाँका दरले खरिद गरेको माक्स वालिङ र गोरखा नगरपालिकाले १० रुपैयाँका दरले  खरिद गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.