निषेधाज्ञामा बढ्याे आत्महत्या

निषेधाज्ञामा बढ्याे आत्महत्या

ओखलढुंगा : निषेधाज्ञाको समयमा आत्महत्याका घटना मात्रै ३९ प्रतिशतले बढेकाे छ।  निषेधाज्ञाको समयमा पनि अपराधका घटना भने घटेका छैनन् । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घटनाको तथ्यांकले निषेधाज्ञामा सबैभन्दा बढी आत्महत्या भएको देखिएको छ । 

बैशाख १५ देखि साउन मशान्तसम्मको अभिलेखअनुसार विभिन्न १५ प्रकारका ५१ अपराधका घटना प्रहरीमा अभिलेख छन् । तीमध्ये ३९.२१ प्रतिशत अर्थात् २० घटना आत्महत्याका मात्रै रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका डिएस्पी गोविन्दराज काफ्लेले बताए ।  

‘जिल्लामा आत्महत्या अत्याधिक छ, एक हप्तामा लगातार ४ दिनसम्म दैनिक एकजनाले आत्महत्या गरेको पाइयो’ काफ्लेले भने । यसरी आत्महत्या बढ्नुको कारण काम नहुँदा फुर्सदिलो हुने, बेरोजगारीले आर्थिक समस्या पर्ने, पारिवारिक कलह, युवायुवतिमा माया प्रेम र यौन सम्बन्ध लगायतका कारणले आत्महत्या बढिरहेको प्रहरीको निष्कर्ष छ । 

आत्महत्याबारे जिल्ला प्रशासन कार्यालयले विस्तृत अध्ययन गरेर प्रतिवेदन समेत तयार गरेको छ । उक्त प्रतिवेदनमा पनि आर्थिक तथा सामाजिक समस्या, एक्लोपना, पारिवारीक कलह, युवायुवतिको मायाप्रेममा धोका र यौनसम्बन्ध लगायतका कारण नै औंल्याइएका छन् । 

यसरी प्रतिवेदन नै आए पनि त्यसबारे स्थानीय तहले चासो नदिएको जिल्ला पैरवी सञ्जालका बोधनारायण श्रेष्ठले बताए । उनले भने ‘स्थानीय सरकार नागरिकको मानसिक स्वास्थ्यका समस्यामा गम्भीर देखिएन, स्वास्थ्योपचार र मनोपरामर्शका लागि कुनै कार्यक्रम नै ल्याएनन् । 

जिल्लामा दैनिक बढीरहेको आत्महत्या रोकथाम गर्न मनोमरामर्श दिने र वडा तहमै मनोपरामर्शदाता राख्न सरोकारवालाहरुले माग गरेका छन् । यी विषयमा स्थानीय सकारका प्रमुखले प्रतिबद्धता जनाए पनि नीति तथा कार्यक्रममा समेटेका छैनन् । 

विभिन्न पारिवारिक समस्याका कारणले हुने मानसिक तनावका कारण पनि आत्महत्या बढी भएको भन्ने निचोड निकालिए पनि त्यस विषयमा स्थानीय सरकारले नीति तथा कार्यक्रममै समेटेर नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि काम गर्नु पर्ने गैरसरकारी संस्था महासंघका जिल्ला सचिव लिला बहादुर सुनुवार बताए ।   

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले २०७८ बैशाख २६ देखि निषेधाज्ञा लगाएको हो । त्यँहा सक्रिय कोरोना संक्रमितको संख्या २ सय बढी भएकाले अहिले पनि जारी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.