फिदिम-फालोट सडक अवरुद्ध

फिदिम-फालोट सडक अवरुद्ध

फिदिम : अबिरल बर्षापछि दर्जनौ स्थानमा पहिरो जाँदा फिदिम फालोट सकड अवरुद्ध भएको छ । पहिरोले सडक भत्कदा बिगत २० दिनयता आवतजावतमा समस्या भएको फालेलुङ गाँउपालिका ७ का वडाध्यक्ष शेरबहादुर केरुङले जानकारी दिए । 

'पहिरोका कारण दर्जनौ स्थानमा सडक अवरुद्ध भएकाले यातायातमा समस्या भएको छ,' केरुङले भने ‘सामान्य लागनीबाट तत्काल पहिरो पन्छाउने सम्भावना देखिदैन।' उक्त सडकको फुलभञ्ज्याङ बाँस्बोटे खण्डमा पहिरो गएको छ । 

लुखुरेको पहिरोले बिगत पाँच दिनदेखि सडक अवरुद्ध छ । बाँस्बोटेको पहिरोले २० दिनदेखि सडक अरुद्ध भएको हो । पहिरोका कारण फिदिमदेखि प्राङबुङतर्फ आवतजावत गर्ने सवारी साधानहरु सञ्चालन हुन सकेका छैनन् । 

‘पहिरोले सडक अवरुद्ध भएपछि बिरामीहरुलाई अस्पताल लैजान समेत समस्या भएको छ, 'फालेलुङ ७ बाँस्बोटेका जय केरुङले भने, ‘बाँस्बोटेको पहिरो तत्काल पन्छाएर सडक सुचारु गर्ने सम्भावना पनि देखिदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.