जनशक्ति अभावमा बर्दिया अस्पताल

जनशक्ति अभावमा बर्दिया अस्पताल

गुलरिया : बर्दिया अस्पतालबाट बहिरंग, अन्तरंग, आकस्मिक, मातृशिशु, शल्यचिकित्सा, जेष्ठ नागरिक उपचारलगायतका एक दर्जन बढी स्वास्थ्य सेवा उपलब्ध छ । तर, अस्पतालसँग जनशक्ति अभाव छ। आवश्यक जनशक्ति अभावमा अस्पताललाई सेवा प्रवाहमा कठिनाइ भएको छ। जिल्लाको साढे ४ लाख जनसंख्यालाई १० जना दक्ष चिकित्सकसहित २ सय १५ जना कर्मचारी आवश्यक पर्छ । तर जिल्लाकै जेठो अस्पतालमा ३ जना चिकित्सकसहित १ सय ८ जना कर्मचारीको भरमा सेवा प्रवाह भइरहेको छ ।

बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभास पाण्डेयले बर्दिया अस्पतालमा ५० प्रतिशत दरबन्दी रिक्त रहेको बताए। दरबन्दी अभावका कारण सम्पूर्ण सेवा प्रभाव गर्न कठिन छ । प्रविधि र प्राविधिक अभावमा अस्पतालमै उपचार पाउन सक्ने बिरामीलाई अन्यत्रै रेफर गर्नुपर्ने बाध्यता छ ।

जिल्लामा सिकिस्त बिरामीहरुका लागि अक्सिजनसहितको उच्चस्तरीय सेवा (हाई डीपेन्डेन्सी युनिट–एचडीयु) तथा आइसीयू सेवा संचालनका लागि ल्याइएका वेड लगायतका सामग्रीहरु पूर्वाधारलगायत दक्षजनशक्ति अभावमा थन्किएका छन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य सामग्रीहरु आएपनि भवनलगायत कर्मचारी अभावका कारण संचालनमा आउन सकेका छैनन् । 

अस्पतालमा बिरामीका लागि अक्सिजनसहितको उच्चस्तरीय सेवा संचालन गर्न ल्याइएका वेड, मोनिटर, अक्सिजनलगायतका सामग्रीहरु भौतिकपूर्वाधार लगायत दक्षजनशक्ति अभावमा कोठामै थन्किएको छ। पाण्डेले उच्च सेवा सञ्चालनका लागि २५ वटा वेड, २५ वटा मोनिटर, २५ वटा अक्सिजन सिलिण्डर लगायत औजार, उपकरण अस्पतालको स्टोरमै थन्किएको बताए । 

अस्पतालमा अक्सिजन प्लान्ट समेत जडान भइसकेको छ । बर्दियाका ८ वटै पालिकाको सहयोगमा सुरु गरिएको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यथाशिघ्र एचडीयू सेवा प्रवाहको तयारीमा रहेको अस्पतालसँग दक्षजनशक्तिको धेरै अभाव छ । एचडीयु संचालनका लागि थप ५३ जना जनशक्ति आवस्यक पर्छ । प्रमुख पाण्डेयले थपे उच्च स्तरिय सेवा संचालनका लागि करार ३२ जना स्टाफनर्श, २ जना फिजिसियन सहित ८ जना मेडीकल अफिसर डाक्टर, २ कार्यालय सहयोगी लगायत १ जना इलेक्ट्रिसियन कर्मचारी प्रदेश सरकारसमक्ष माग गरिसकेका छौं अहिलेसम्म जनशक्ति आउने कुनै लक्षण देखिदैन ।

अस्पतालबाट लैंगिक हिंसा व्यववस्थापन, सामाजिक सेवा इकाइ, विमा सेवा सञ्चालनमा छ । हाडजोर्नी, मुटुरोग, नाक,कान, घाँटी, छाला रोग बाहेकका सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालका थुप्रै समस्या र अभावहरु छ सम्बन्धित निकायले चाँसो दिए अस्पतालमार्फत प्रभावकारी सेवा दिन हामी तयार भएको प्रमुख पाण्डेयले बताए। बर्दिया अस्पताल जिल्लाकै पूरानो अस्पताल भएकाले यसका सेवाहरुलाई समय साक्षेप बनाउन आवश्यक छ ।

दरवन्दी अभाव भएपनि अस्पतालले गुणस्तरिय सेवा प्रवाह गरेका कारण स्थानीय लाभान्वित छन् । धेरैजसो रोगको उपचारका लागि भारत जानुपर्ने अवस्थाको अन्त्य हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.