मेलम्ची क्षेत्रका बाढी प्रभावित स्कुललाई राहत सहयोग
काठमाडौँ: मेलम्ची क्षेत्रका बाढी प्रभावित विभिन्न स्कुललाई नर्वेमा बस्ने नेपालीबाट संकलित राहत सहयोग हस्तान्तरण गरिएको छ ।
'क्वीक रेस्पोन्स सेन्टर' र 'परिवर्तनको अभियान, नेपाल'को समन्वयमा तीन वटा स्कुललाई प्रति स्कुल रु ३० हजारका दरले सहयोग गरिएको छ । मेलम्ची नदीमा विभिन्न समयमा आएको बाढीका कारण यसस भेगका तेर्से मा.वि, सरस्वती मा.वि र इस्ट पोइन्ट बोर्डिङ स्कुललाई क्षति पुर्याएको छ ।

सहयोग रकम तथा नदी कटान रोक्न प्रयोग गरिने ग्याबिन जाली ग्रहण गर्दै तेर्से माविका प्रध्यानाध्यापक कृष्ण ढुंगानाले प्राप्त सहयोग नदी कटान नियन्त्रणका लागि राहत सावित हुने बताए । नर्वेमा बसोबास गर्ने नेपालीहरुबाट उठाइएको सहयोग रकम प्राकृतिक प्रकोपमा उद्वार तथा राहत कार्यमागतिविधि गर्दै आएको क्वीक रेस्पोन्स सेन्टर र परिवर्तनको अभियान, नेपाल मार्फत मेलम्ची क्षेत्रमा विभिन्न राहत कार्यक्रममा खर्च गरिएको हो ।
यसअघि सेन्टर मार्फत मेलम्ची सहित देशका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर, मनोपरामर्श शिविर सन्चालन गरिएको थियो । मेलम्ची क्षेत्रमा नियमित रुपमा स्वास्थ्य शिविर र अन्यसहयोग जारी राख्ने परिवर्तनको अभियान, नेपालका सदस्य कमल कंडेलले जानकारी दिए । शिविरबाट त्यस क्षेत्रका सयौं बाढी प्रभावितले लाभ लिएको क्वीक रेस्पोन्स सेन्टरका संयोजक अरुण खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस !