सवारी नियम उलङ्घन : ५३ हजार चालकले तिरे तीन करोड ६९ लाख

सवारी नियम उलङ्घन : ५३ हजार चालकले तिरे तीन करोड ६९ लाख

झापा : सवारी नियम उलङ्घन गर्ने झापाका ५३ हजार एकसय चालक पछिल्लो एक वर्षभित्र ट्राफिक प्रहरीको कारवाहीमा परेका छन्। राजमार्गमा नियमित चेकजाँच गरेर ट्राफिक प्रहरीले उनीहरुमाथि कारवाही गरेको हो। नियमविपरीत सवारी चलाउने चालकमाथि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। 

कारवाही भोग्नेमा अधिकांश मोटरसाइकल चालक छन्। २१ हजार १५७ जना मोटरसाइकल चालक कारवाहीमा परेको ट्राफिक प्रहरीको तथ्याङ्क छ। तीमध्ये युवा उमेरका मोटरसाइकल चालकले नियम पालनामा हदैसम्म लापरवाही गर्ने गरेको ट्राफिक प्रहरी सहायक निरीक्षक याम खँड्काले बताए। ‘जरिवाना गर्दैमा नहुने रहेछ’, प्रसनि खड्काले भने, ‘पटक–पटक कारवाही गर्दा पनि उनीहरुले चेतिरहेका छैनन्।’

हेल्मेट नलगाउने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने, हुटमा यात्रु चढाउने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, रोक्ने, लाइसेन्स र व्लुबुक नबोक्ने, क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने चालक नियमितजसो कारवाहीमा पर्छन्। सामान्यतया ट्राफिक प्रहरीले उनीहरुलाई पाँचसयदेखि १५ सयसम्म जरिवाना गर्दै आएको छ।  

गत आर्थिक वर्षमा सवारी नियम नमान्ने झापाका चालकबाट ट्राफिक तीन करोड ६९ लाख रुपैयाँ जरिवाना उठाएको छ। मोटरसाइकल चालकले मात्रै एक करोड ५० लाख ६४ हजार तिरेका छन्। अघिल्लो वर्ष ५४ हजार आठसय ५० सवारी चालक कारवाहीमा परेका थिए। ती चालकबाट प्रहरीले चार करोड पाँचलाख रुपैयाँ जरिवाना असुलेको थियो।

ट्राफिक नियम पालना गर्न सवारी चालकले देखाएको कमजोर इच्छाशक्तिले झापाको ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्ने देखिएको छ। पटक–पटक कारवाहीमा पर्दा पनि उनीहरुको पेशागत आचरण सुध्रिन नसकेको हो। ‘जति कारवाही गरे पनि सवारी चालक थेत्तरा बन्दै गए’, प्रसनि खड्काले भने। 

एकपटक सजाय पाएपछि सवारी चालकले आफ्नो बानी सुधार्ने ट्राफिक प्रहरीको आशा सधैँ निराशामा परिणत भइरहेको छ। बढ्दो सवारी नियम उलङ्घनले दुर्घटनाको जोखिम ह्वातै बढेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ। कोरोना भाइरसको महामारीका बीच राजमार्गमा सवारी आवागमन अनियमित भएपनि झापामा तीन गुणाले सवारी दुर्घटना बढेको प्रसनि खड्काले बताए। 

आर्थिक वर्ष २०७६/७७ मा झापामा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएका छन्। अघिल्लो आर्थिक वर्षमा ६२ जनाको मृत्यु भएको थियो। गत आर्थिक वर्षमा ६ बालबालिकासहित ९३ जनाले ज्यान गुमाएका छन्। ३२४ जनाको अंगभंग भएको छ।  

सवारी नियम पालनामा झापाका चालकको उल्टो मतिले बर्सेनि दुर्घटनाको जोखिम बढाइरहेको छ। ‘उनीहरु न नियम मान्छन् नत कारवाही भोगेपछि चेत्छन्’, प्रसनि खड्काले भने, ‘एउटै चालकलाई दशौँ पटक कारवाही गर्नु हाम्रो बाध्यता हो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.