सेवाग्राहीलाई अनिवार्य एन्टिजेन परीक्षण

सेवाग्राहीलाई अनिवार्य एन्टिजेन परीक्षण

परासी : पश्चिम नवलपरासीका सरकारी कार्यालयमा आउने सेवाग्राहीका लागि एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ। जिल्लाभर अभियानकै रुपमा सञ्चालन गरिन लागेको एन्टिजेन परीक्षण बुधबारबाट जिल्ला प्रशासन, रामग्राम नगरपालिका र सरावल गाउँपालिकाबाट सुरु गरिएको छ। 

एन्टिजेन परीक्षणको व्यवस्था स्वास्थ्य कार्यालयले गरेको छ। एन्टिजेन परीक्षणका लागि सम्बन्धित कार्यालयको मुलगेटमा व्यवस्था गरिएको छ। १० मिनेटभित्र परीक्षणको रिपोर्ट दिने गरिएको छ। रिपोर्ट हेरेर कर्मचारीहरुले सेवा दिने गरेका छन्। 

कोभिड नियन्त्रणका लागि रणनीति तयार गर्न सहज हुने भएकाले यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए। ‘पर्याप्त परीक्षण भएको छैन। त्यसले जिल्लामा कोभिडको जोखिम कति छ भनेर यकिन गर्न समस्या भएकाले अभियान सुरु गरिएको हो। ’प्रजिअ मिश्रले भने। अभियान अन्तरगत सबै पालिका र भिडभाड हुने मालपोत, नापीलगायतका कार्यालयमा पनि क्रमशः सुरु गरिने उनले बताए। 

बुधबार कुल ४ सय १८ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिए। हाल जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ३ जना छ। एन्टिजेन परीक्षण अन्य समयमा पनि शंकास्पद व्यक्तिहरुमा गरिदैं आएको र त्यस क्रममा केहीमा पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख पोखरेलले बताए। एन्टिजेन किट प्रयाप्त रहेकोले परीक्षणमा समस्या नहुने स्वास्थ्य कार्यालयले जनाएको छ। अभियानको १०/१५ दिनमा जिल्लामा कोभिडको अवस्थाको मोटोमोटी अवस्था बाहिर आउने स्वास्थ्य कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.