विषादी नभएको पुष्टि

विषादी नभएको पुष्टि

इलाम : स्थानीय सरकार, नेपाल चिया तथा कफी विकास बोर्डसहितले ‘कडा खालको विषादी’ भेटिएको भन्दै ताला लगाएको चिया विकास निगम अन्तर्गतको कन्याम चिया बगानको गोदाममा कडा विषादी भेटिए पनि प्रतिबन्धित विषादी फेला नपरेको निरीक्षणमा संलग्न सरकारी अधिकारीले जानकारी दिएका छन्। 

प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि मन्त्रालयका विषादी निरीक्षक सागर बिष्टले सरकारले प्रतिबन्ध लगाएको औषधि नभेटिएको बताए। उनले भने, ‘गोदाम व्यवस्थापन र सुरक्षाको उपाय भने नअपनाएको देखियो।’  चिया र तरकारीमा अहिले तोकिएको मात्राभन्दा बढी विषादीको मात्रा प्रयोग हुने गरेको कारण वातारण र मानव स्वास्थ्यमा समेत खतरा सिर्जना भएको उनको भनाइ छ। उनले प्रदेश एकमा दुई जना मात्रै विषादी निरीक्षक रहेको समेत जानकारी दिए। 

बगानको गोदाममा बाहिरसम्म नै गन्ध आउने गरेको, विषादीको समूहअनुसार भण्डारण नगरिएको, वातावरण प्रतिकूल हुने खालको वातावरण सिर्जना भएको विष्टले बताए। अनुगमनपछि सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, विषादी निरीक्षक विष्ट सहितको टोलीले विषादी भण्डार कक्षको ताला खोले पनि स्वास्थ्य र सुरक्षामा ध्यान दिन निर्देशन दिएको विष्टले बताए। 

उदपी वगान व्यवस्थापनले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेको भन्दै निरीक्षणपछि गरिएको कागजमा हस्तान्तर गर्न अस्वीकार गरेको छ। ‘माथिको आदेश’ भन्दै स्थानीय व्यवस्थापकले टोलीले बनाएको कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेको थियो। 

बगान व्यवस्थापनले जथाभावी विषादीको प्रयोग गरेको सूचना चुहाएको भन्दै कन्याम चिया बगानमा कार्यरत मजदुर रमेश खड्कालाई सरुवा गरेर चिलिमकोट चिया बगानमा पु¥याएको चिया मजदुरका श्रमिक संगठनले जनाएका छन्। 

बगान व्यवस्थापन पक्षका तर्फबाट बगानका प्रबन्धक सचिन सुब्बाले अनुगमन समितिको निर्देशनबमोजिम भण्डारण कक्षमा राखिएको विषादीलाई व्यवस्थापन गर्ने बताए। उनले भने, ‘हामीलाई पनि चिया बेच्नु छ, त्यसैले विषादी प्रयोगमा सचेत छांै।’ 

उनले चियामा एकीकृृत सत्रुजीव व्यवस्थापन (आईपीएम)मा समेत बगानले काम सुरु गरेको बताए।  बगानले कृषकबाट २ रुपैयाँ प्रतिलिटरमा गाईको गहुत खरिद गर्न सुरु गरेको अनुगमन समितिलाई जानकारी दिए।  

यद्यपि अनुगमनका क्रममा चियामा प्रयोग गरेपछि २१ दिनसम्म पर्खनुपर्ने विषादी भने भेटिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड फिक्कलका प्रमुख इन्द्र अधिकारीले बताए। बोर्डले अहिलेसम्म चियामा प्रयोग गर्न हुने र नहुने विषादीको कुनै सूची तयार गरेको छैन। त्यही भएर पनि चिया कृषक अन्योलमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.