सुदूरपश्चिममा गौरापर्व सुरु

सुदूरपश्चिममा गौरापर्व सुरु

डोटी : सुदूरपश्चिमलीहरुको मुख्य पर्व गौरा सुरु भएको छ । पहिलो दिन आज बिरुडा भिजाएर पर्व सुरु भएको हो । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन निराहार बसेका महिलाहरुले आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गहुँ, केराउ, गहत, मास र गुराउस गेडागुडी भिजाउने गर्छन् ।

यसरी भिजाएको गेडागुडीलाई ‘बिरुडा’ भन्ने गरिन्छ । महिलाहरुले दोस्रो दिन घर नजिकै रहेको पानीको मुहान र पँधेरामा गई सामूहिक रुपमा बिरुडा पखाल्ने गर्दछन् । त्यसैगरी सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ मन्दिरमा डालोमा स्थापना गर्ने चलन छ । गौरा भित्र्याएर पूजा अर्चना गरी ब्रतालु महिलाले दुबो, धागो चढाउने गर्छन् । साथै महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि ब्रत बसी पूजाआजा गर्ने चल्न छ ।

गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाले गौराघरमा गई गरिने शिव र गौरीको पूजा अर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्छन्। यसरी गौरा भित्र्याइसकेपछि बिसर्जन  नगरिएसम्म गौराघर अथवा खुला स्थानमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भइ स्थानीय लोक भाषामा धमारी, देउडा खेल खेलेर रमाउने गर्दछन ।

तिथि हेरी उपयुक्त दिन बिसर्जन गरिने गौरा पर्वले धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई ब्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । 

प्रदेश बाहिर रहेका सुदूरपश्चिमेलीहरु देउडामा रमाउन फर्किने गर्छन् । गौरामा विवाहित चेलीहरु पनि माइत आउने गर्छन्। सुदूरपश्चिममा मात्रै नभएर कर्णाली प्रदेशको केही जिल्ला र छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ क्षेत्रमा समेत यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । 

पौराणिक कालमा भगवान शिव महेश्वर प्राप्तिका लागि गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी ब्रत बसेपछि शिव प्राप्त गरेको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.