महाकाली लोकमार्ग अवरुद्ध
दार्चुला : महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर खलंगा सडकखण्डमा पहिरोले सडक अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका ६ दुल्ली गाड क्षेत्रमा सडक माथिबाट खसेको पहिरोले एक सय मिटर सडक पुरिएपछि यातायात सेवा बन्द भएको प्रत्यक्ष दर्शी रबिता धामीले बताईन ।
यात्रुहरुका अनुसार महाकाली लोकमार्ग कतिबेला खुल्छ भन्न सकिँदैन । यस्तै शुक्रबार रातीको वर्षाका कारण पहिरो खसेर मालिकार्जुन गाउँपालिकाअन्तर्गत पर्ने सडक समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आज शनिबार विहान करिब ७ बजेतिर खसेको पहिरो पन्छाउन दुई वटा एक्स्काभेटरले काम गरिरहेको प्रहरीले जनाएको छ ।
दार्चुला सदरमुकामबाट गौरा पर्वको लागी गाउँ हिँडेका सवारी साधन बीच बाटौमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । जिल्लाबाट बाहिर जाने र भित्रिने छोटो तथा लामो दूरीका सवारी साधन पूर्ण रुपमा बन्द भएका छन् ।
एकातिर यात्रुहरुलाई गौराको अलगै रौनक छ भने कोहि आफ्न्तहरु बिरामी भएर छिटो गन्तब्यमा पुग्नु परेको यात्री नरसिंह ठगुन्नाले बताए ।