कालीगण्डकीको छालले आठ घरमा क्षति, तीनजना घाइते

कालीगण्डकीको छालले आठ घरमा क्षति, तीनजना घाइते

बेनी : म्याग्दीको बेनी नगरपालिका-८ कालीपुलमा सोमबार बिहान कालीगण्डकीको छालले आठ वटा घरमा क्षति पुगेको छ । तीन जना घाइते भएका छन् । 

पर्वतको जलजला गाउँपालिका-३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पसेको थियो । स्थानीयबासी सुरेश पुनका अनुसार बिहान २:३० बजे कालीपुलको बस्तीमा बाढी सहितको छाल पसेको हो ।  

‘सुतिरहेको बेला ठुलो आवाजसँगै घरभित्रै पानी पसेपछि भागाभाग भयो,’ उनले भने, ‘पानीले घरभित्र हिलाम्मे र सामान बगाएको छ ।’ बस्तीको पछाडी कालीगण्डकीको किनारतर्फ रहेका घरको शौचालय, टहरा र कोठा भत्किएका छन् । 

घरभित्र छाल पसेपछि भाग्ने क्रममा गोबिन्द बुढा, सन्तु पुन र रेखा नेपाल घाइते भएका कालीपुल टोल सुधार समितिका अध्यक्ष ताराप्रसाद पुनले बताए । स्थानीयबासी र प्रहरीले उद्दार गरेर बेनी अस्पतालमा लगेका उनिहरु खतरामुक्त छन् । 

माटेपानी र कालीपुल कालीगण्डकी नदीको वारीपारी छन् । माटेपानीको पहाड बर्खे भेलले उर्लिएको कालीगण्डकीमा खस्दा छालले कटान नियन्त्रणका लागि निर्माण भएको तटबन्धको पर्खाल नाघेर बस्तीमा पुगेको स्थानीय सोनिया पुनले बताइन् । 

टोल सुधार समितिका अध्यक्ष पुन, सुरेश पुन, सुबिन श्रेष्ठ, भिमा कार्की, क्षेत्र गौचन, एबिन तिलिजा, टिकाबहादुर पुर्जा, हर्कबहादुर थापाको घर र निर्माण व्यवसायी दिनेश ढुङ्गानाको स्टोर रहेको टहरामा क्षति पुगेको छ । फर्निचर, लत्ताकपडा, भाडाकुडा लगायतका सामग्री छालले लथालिङ्ग बनाएको छ । 

तटबन्धको माथिल्लो भागमा राखिएको फलामको रेलिङ पनि भत्काएको छ । तटबन्ध भने सुरक्षित छ । पहिरोले पाइपलाइन बगाएपछि जलजला गाउँपालिकाको वडा न. २ र ३ मा पर्ने बगरफाँटमा खानेपानी आपुर्ति बन्द भएको छ । पर्वतबेनी खानेपानी उपभोक्ता संस्थाका सदस्य हिराबहादुर बरुवालले २५० घरधुरीमा खानेपानी आपुर्ति बन्द भएको बताए । 

बेनी नगर कार्यपाकिलाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष रामकृष्ण बराइलीले घर भत्किएका, जोखिममा परेकाहरुलाई व्यवस्थापन गरिने बताए । नगर उपप्रमुख सञ्जु बरुवाल, वडा अध्यक्ष बराइली लगायतको टोलीले कालीपुलको निरीक्षण गरेका थिए । जिल्ला प्रहरी कार्यालयले बिहानै देखि क्षतिको बिबरण संकलन शुरु भएको जनाएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.