राजनीतिक दल नै अटेर गर्छन् निषेधाज्ञा : कार्यकर्ताबाटै जोखिम बढ्यो

राजनीतिक दल नै अटेर गर्छन् निषेधाज्ञा : कार्यकर्ताबाटै जोखिम बढ्यो

चितवन : भरतपुर महानगरपालिकाले गत साता नारायणगढको लायन्सचोकमा निर्माण हुन लागेको मेट्रो प्लाजाको शिलान्यासको आयोजना गर्‍यो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै तामझामका शिलन्यास गरे। कार्यक्रममा महानगरका जनप्रतिनिधि, राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, माओवादी केन्द्रका केही कार्यकर्ता पनि थिए। कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक कार्यक्रम र भीडभाड नगर्न आदेश दिएको थियो। प्रशासनको निषेधाज्ञाको बेवास्ता गरिएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने आफैँ पुगे। 

पूर्व प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि भएको कार्यक्रममा उनी प्रत्यक्षदर्शी मात्रै भए। त्यसको केही दिनअघि नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ चितवन आए। उनको स्वागतमा कांग्रेसी कार्यकर्ताको भीड लाग्यो। अनौचारिक भनिएपनि स्वागतका कार्यक्रममा कार्यकर्ताको भीड रोकिएन। कांग्रेसको चौधौ महाधिवेशन केन्द्रीत वडा भेला पनि भइरहेका छन्। प्रशासनले गरेको निषेधाज्ञातर्फ खासै ध्यान दिएको पाइएन। 

त्यस्तै नेकपा एमालेका कार्यकर्ता पनि भीडभाड र कार्यक्रम गर्न पछि परेन। सत्तामा रहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा माहोल बनाउन होस् या बाहिरिएपछि पार्टीले उठाएको विरोधमा जिल्लामा कार्यकर्ता बटुलेर कार्यक्रम गर्‍यो। पछिल्लो पटक सुकुम्बासी समस्या समाधान आयोगको विघटन हुँदा एमालेका कार्यकर्ताले विरोध सभा नै आयोजना गरे। जिल्ला प्रशासन कार्यालय चितवनले गरेको लकडाउनको कुनै प्रवाह नगरी कार्यक्रम आयोजना गरे। 

कोरोना संक्रमणको अत्याधिक जोखिम भएका बेला मुख्य ठूला दलले गरेका कार्यक्रमको उदाहरण मात्रै हुन्। जिल्ला प्रशासनको निषेधाज्ञाको अटेर गर्दै भीडभाड हुने कार्यक्रम आयोजना गर्न छोडेका छैनन्। सर्वसाधारणलाई कडाई गरेको नियमले नेतालाई कडाई गर्न भने सकेको छैन। उनीहरु आफ्नै तरिकाले आयोजना गर्छन्। स्वास्थ्य मापदण्ड पालना गरिएको भनिएपनि भौतिक दूरी कसैले पनि पालना गरेको भेटिदैन। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले वडास्तरमा समेत कार्यक्रम गर्न छोडेका छैनन्। सर्वसाधरणका लागि मात्रै लागू भएको जस्तो देखिने निषेधाज्ञा लागू गराउन प्रजिअलाई निकै कठिन भएको छ। ‘कतिपय कार्यक्रम भइसकेपछि मात्रै थाहा हुन्छ। जानकारी पाए भीडभाड नहुने नगरी कार्यक्रमको स्वरुप बनाउन आग्रह गरेका छौँ। ’ प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने ‘ निषेधाज्ञा पालना गर्नका लागि दल , सर्वसाधारण, सरोकारवाला सबैलाई अनुरोध गरेका छौँ। ’ 

गतसाता भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘ मेट्रो प्लाजा ’को शिलन्यास कार्यक्रम सहभागी । 

कोरोना संक्रमणको दर उच्च भएका बेला पनि दलहरुले भीडभाड र कार्यक्रम गर्न पछि हटेनन्। प्रशासनले विज्ञप्ति नै जारी गरेर कार्यक्रम नगर्न भनेपनि दलले त्यसको अटेरी गर्दै आएका छन्। जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले भीडभाड हुने कार्यक्रमले जोखिम बढाएको बताए।

पहिला विश्व स्वास्थ्य संगठनले संक्रमितको थुक , सिँगानको छिटा कुनै माध्यमबाट, अर्को व्यक्तिमा भाइरस छिटो सरेको जनाएको थियो। यसलाई ‘ड्रपलेट ’भनिन्छ। तर पछिल्लो पटक संक्रमण दर बढेपछि डब्लुएचओले अनुसन्धान गर्दा हावाको माध्यम ‘एयर बन ’ कारण संक्रमण फैलिएको निष्कर्ष निकालेको छ। पछिल्लो अनुसन्धानले ‘एयर बन ’ का कारण संक्रमण दर बढेको निष्कर्ष निकालेको थियो। संक्रमितले छोडेको मुख र नाकबाट छिटा भएको स्थानमा स्वस्थ्य व्यक्तिको सम्पर्कमा आए संक्रमण सर्ने माध्यमलाई ‘एयर बोन ’ हो। सुर्यको किरण नपर्ने ठाँउ, हावा राम्रोसँग नखेल्ने ठाँउमा संक्रमित व्यक्तिले हावामा हाछ्यु गरे, खोक्दा त्यस्तो ठाँउमा भाइरस रहन सक्ने कारण अर्को व्यक्ति मास्क नलगाई गए संक्रमण फैलिने डर हुन्छ। यसकारण पनि खुल्ला स्थानभन्दा बन्द कोठामा गरिने कार्यक्रम बढी जोखिम हुन्छ।

जिल्लामा अहिले कोरोना संक्रमण दर १० देखि २० प्रतिशत छ। ‘सय जना मात्रै सहभागी गरायौ भनेपनि त्यसमा २० जनासम्म संक्रमित हुन्छन्। तीनले सावधानी नअपनाए धेरैलाई सार्ने डर हुन्छ ’ स्वास्थ्य कार्यालय प्रमुख तिवारीले भने ‘ हामीले जति भीड जम्मा गर्‍यौँ त्यही अनुपातमा जोखिम बढ्दै जान्छ। कस्तो वातावरण र भीडभाडमा कार्यक्रम गरेका छौँ त्यो विचार गर्नपर्छ। ’

यस वर्ष बैशाख १६ गतेबाट जिल्लामा निषेधाज्ञा जारी गरिएको हो। लागू गर्नुअघि दलहरुसँग प्रशासनले एक चरण  छलफल गरेको थियो। तर तीनै दललाई नियम पालना गराउन निकै कठिन छ। दलहरुले जानकारी नदिएर  निषेधाज्ञाको वेवास्ता गरेर भेला कार्यक्रम गर्दै आएका छन्। माथिल्लो ओहदाका नेताहरु आउँदा जिल्ला नेतादेखि कार्यकर्ताको भिड लाग्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.