सटर भाडामा गोलमाल, कामै नगरी भुक्तानी

सटर भाडामा गोलमाल, कामै नगरी भुक्तानी

जनकपुरधाम : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरमा अपारदर्शी र मनमौजी हिसावले रकम खर्चेको देखिएको छ । अस्पताल मातहतको सटरहरु भाडामा व्यापक चलखेल गरिएको र त्यसको आम्दानीसमेत पारदर्शी नगरेको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले सटर भाडा वापतको करिब ९२ लाख रुपैयाँको हिसाब पारदर्शी नभएको उल्लेख गरेको छ । 

आर्थिक वर्ष २०७६-७७ को महालेखा परीक्षकको प्रतिवेदनमा प्रादेशिक अस्पताल जनकपुरले विगतमा गरेको सटरभाडा सम्बन्धी सम्झौताको अभिलेख नराखी रकम समेत अपारदर्शी गरेको उल्लेख गरेको छ । 

लेखा परीक्षणको समयमा कार्यालय र विभिन्न १९ व्यवसायीसँग भएको सम्झौता अनुसार एक आर्थिक वर्षको रु.५० लाख ५३ हजार भाडा प्राप्त हुनुपर्ने छ । तर आर्थिक वर्ष २०७६-७७ मा २९ लाख ११ हजार असूली भएको र बाँकी २१ लाख ४२ हजार तथा विगतको असुल गर्न बाँकी रहेको ७० लाख ५३ हजार गरी जम्मा ९१ लाख ९५ हजार रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिवेदनको अनुसार विगतको असुल गर्नुपर्ने बाँकी राजश्व ७० लाख ५३ हजारको अभिलेख प्रमाणित नरहेकोले यसको पनि यकिन गर्ने आधार नरहेको उल्लेख गरिएको हो । 

आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम १० मा राजश्वको लेखा अद्यावधिक गरी असुल एवं दाखिला गर्नुपर्ने र नियम १३ मा आर्थिक वर्ष समाप्त भएको ३५ दिनभित्र असुल गर्न बाँकी राजश्वको कच्चावारी तयार एवं भिडान गरी राजश्वको आर्थिक विवरण तयार गर्नुपर्ने व्यवस्था छ । 

त्यस्तै अस्पतालले आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६(३) बमोजिम कुनै रकमको भुक्तानी दिँदा खर्चको बिल भरपाईसहित लेखा राख्नुपर्ने र ३६(८) बमोजिम रीत पुगे नपुगेको जाँच गरेर मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ । 

आर्थिक वर्ष २०७६-०७७ मा अस्पतालले सादा कागजमा कर्मचारीको दैनिक भ्रमण भत्ता, अन्य भत्ता र विद्युत प्राधिकरणको भुक्तानी उल्लेख गरी १ करोड ४१ लाख ३८ हजार रुपैयाँ खर्च भएको जनाएको छ । यद्यपी असपतालसँग उक्त खर्चको श्रेस्ता माग गर्दा पेस नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ । 

परामर्शको वापत अनावश्यक खर्च

प्रादेशिक अस्पतालले सामान्य कामको लागि पनि परामर्श सेवा लिएर लाखौँ रुपैयाँ खर्च गरेको पाइएको छ । अस्पतालले परामर्शको आवश्यकता नै नरहेको सामान्य कामको लागी परामर्श वापत ९ लाख ४४ हजार रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२(४) मा परामर्श सेवाको लागत अनुमान तयार गर्नुपर्ने र नियम ८५(४) मा कम्तिमा ३ वटा फर्मबाट दरभाउ पत्र लिई रु. ५ लाख सम्मको परामर्श सेवा लिन सकिने व्यवस्था छ । तर अस्पतालले क्यान्टिन विल्डिङ्ग र नर्सिङ्ग विल्डिङ्ग ईन्डोर आउटडोरको सर्भे डिजाईन र लागत अनुमानको लागि परामर्शमा झण्डै १० लाख खर्चेको छ । 

महालेखापरीक्षकको कार्यालयले सामान्य कामको लागि लिएको परामर्शमा परामर्शदाताले सर्वे डिजाईन र लागत अनुमान तयार गर्ने भनिएकोमा लागत अनुमानको मात्र प्रतिवेदन उपलब्ध गराएकोले ५० प्रतिशत रकम भुक्तानी गर्नुपर्नेमा पुरै गरिएकोले ४ लाख ७२ हजार असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

कामै पुरा नगरी भुक्तानी 

प्रादेशिक अस्पतालमा क्यान्टिन भवन निर्माण पुरा नहुँदै २१ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरिएको छ । अस्पतालले क्यान्टिन भवन निर्माणको काम पुरा भएको भनी एक कन्स्ट्रक्सनलाई दोश्रो तथा अन्तिम बिलको रु. २१ लाख ७१ हजार भुक्तानी गरेको छ तर त्यस भवनको निरीक्षण गर्दा पार्टेसन र ढोका राख्ने काम बाँकी नै रहेको देखिएको छ । 

आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६(८) मा भुक्तानी पूर्व रीत पुगे नपुगेको चेकजाँच गरेर मात्र भुक्तानी दिनु पर्ने व्यवस्था छ । नभएको कामको भुक्तानी गर्नेलाई कानुन बमोजिम कारवाही गरी ४ लाख ४ हजार रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.