महामारीमा जनस्वास्थ्य निरीक्षक खटाउने योजना अन्योलमा

महामारीमा जनस्वास्थ्य निरीक्षक खटाउने योजना अन्योलमा

काठमाडौं : कोरोना महामारी नियन्त्रणमा ७५३ वटै स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक खटाउने योजना अलपत्र भएको छ । कोभिड–१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ जारी गर्दै प्रत्येक स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक खटाउने सरकारको योजना थियो ।  तर, योजना बनेपनि कार्यान्वयनमा आउन सकेको छैन । सो कार्यविधि संशोधनसहित मन्त्रिपरिषदमा अड्किएको छ । 

‘केस इन्भेस्टिगेसन’ तथा ‘कन्ट्याक्ट ट्रेसिङ’, स्क्रिनिङ, हेल्थ डेस्क, क्वारेन्टिन, आइसोलेसन, उपचार, सञ्चार गतिविधि सञ्चालनमा गाउँमा खटिने जनस्वास्थ्य निरीक्षकलाई परिचालन गर्ने भनिएपनि अझै जनस्वास्थ्य निरीक्षक खटाउन सकेको छैन । स्वास्थ्य मन्त्रालयले भने जनस्वास्थ्य निरीक्षक खटाउने योजनामा आफूहरु रहेको बताउँदै आएको छ । 

जनस्वास्थ्यको मापदण्ड पालना भए-नभएको अनुगमन गर्ने, जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, कोभिडसम्बन्धी परामर्श, मापदण्ड पालना नगर्नेलाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार पनि जनस्वास्थ्य निरीक्षकलाई दिइएको छ । 

जोखिम पहिचान भएका स्थानीय तह तथा स्वास्थ्य संस्थाबाट सूचना संकलन गरी विश्लेषण गर्ने र विश्लेषणात्मक प्रतिवेदन जिल्ला कोभिड व्यवस्थापन समितिमा पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधि अनुसार, ७५३ वटै स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५/५ जना जनस्वास्थ्य निरीक्षक परिचालन गरिने छन् । यसैगरी ११ उपमहानगरपालिकामा तीन /तीनजनाका दरले नगरपालिकामा दुई/दुई जनाका दरले र गाउँपालिकामा एक/एक जना सातौं तहका जनस्वास्थ्य अधिकृत खटाइनेछ । देशभर एक हजार ७७ जना जनस्वास्थ्य निरीक्षक परिचालन गर्ने सरकारको तयारी छ । 

हाल जनस्वास्थ्य सेवासँग सम्बन्धित जनशक्ति १२ हजार बढी रहेको छ । तर, सरकारले ल्याएको कार्यविधि संशोधनसहित फाइल मन्त्रिपरिषदमा पुगेपनि अड्किएको छ। नेपाल जनस्वास्थ्य संघका सचिव दीपेन्द्र खड्काले तत्काल कार्यविधि सच्चिएर कार्यान्वयनमा आउनुपर्ने बताए । उनले भने,‘सेवा बाहिर रहेकालाई खटाउने विषय संशोधनसहित मन्त्रीपरिषदमा फाइल पुगेको जानकारी आएको छ। तत्काल यो कार्यान्वयनमा आउनुपर्छ ।’

केहि पालिकाहरुले जनशक्ति विवरण पठाएपनि माग संख्या स्वास्थ्य मन्त्रालयमा नपठाउँदा समस्या भएको छ । स्थानीय तहले आवश्यक जनशक्ति विवरण स्वास्थ्य मन्त्रालयमा पठाउन आनाकानी गर्दै आएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.