'युवा वर्ष मोती पुरस्कार' प्रकाश पौडेल र हेम अधिकारीलाई
काठमाडौं : नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पु्र्याएबापत यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय प्रकाश पौडेल र हेम अधिकारीलाई प्रदान गरिने भएको छ ।
राष्ट्रिय युवा सेवा कोषद्वारा राष्ट्रिय विभूति मोतिराम भट्टका सम्झनामा स्थापित सो पुरस्कारको राशि रु ५० हजार र स्वर्णपदक रहेको छ। कोषका सदस्यसचिव शङ्करप्रसाद पाण्डेले पुरस्कार यही भदौ २२ गते वितरण गरिने जानकारी दिए।
गत वर्ष कोभिड–१९ का कारण रोकिएको पुरस्कार सोही दिन वितरण गरिने पाण्डेले बताए। गत वर्ष साहित्यकारद्वय महेश पौड्याल र मीनकुमार श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरिएको थियो।