यी हुन् नेकपा समाजवादीका सम्भावित मन्त्री

यी हुन् नेकपा समाजवादीका सम्भावित मन्त्री

काठमाडौँ: मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी भइरहँदा नेकपा एकीकृत समाजवादीले विभिन्न ६ मन्त्रालयको जिम्मा पाउने लगभग निश्चित भएको छ ।

एक राज्यमन्त्री सहित ६ मन्त्रालय आफूहरुको भागमा आउने समाजवादीका नेताहरुले बताएका छन् । समाजवादीका एक केन्द्रीय सदस्यका अनुसार समाजवादीको तर्फबाट मन्त्री बन्नेको नाम लगभग टुंगो लागिसकेको छ । यद्यपि आकांक्षीहरु बढेपछि अन्तिम निर्णय गर्न बाँकी रहेको ती नेताले बताए ।

मन्त्री बन्नेमा हालसम्म जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झांक्री, किसान श्रेष्ठ र प्रेम आले मगरको नाम अघि सारिएको छ । ती नेताले भने "६ जनाको नाममा लगभग सहमति भएको छ । अब निर्णय गर्न बाँकी छ ।"

मन्त्री बन्ने आकांक्षीहरुको नाम धेरै भए पनि वरिष्ठता, भूगोल, समावेशिता लगायतलाई आधार मानेर मापदण्ड बनाइएको ती नेताले अन्नपूर्णलाई बताए । सम्भावित मन्त्रीहरुको नामबारे अध्यक्ष माधव नेपाल सहित स्थायी समितिका नेताहरुले समेत निर्णायक छलफल गर्दैछन् ।

सम्भावित मन्त्रीमध्ये श्रेष्ठ पूर्व एमालेमा छँदादेखि नै माधव नेपालका निकट मानिन्थे । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव बनिसकेका उनको राजनीतिक भूगोल काठमाडौँ हो । यस्तै विरोध खतिवडा मकवानपुरबाट निर्वाचित सांसद हुन् ।

चौधरी दाङबाट निर्वाचित सांसद हुन् । नेकपा (एस) निर्माण प्रक्रियामा उनी सक्रिय थिए । यस्तै लामो समय विध्यार्थी राजनीतिबाट आएकी झाँक्री समानुपातिक तर्फको सांसद हुन् । प्रेम आले र किसान श्रेष्ठ भने यसअघि एमालेमा छँदा केपी ओली निकट मानिन्थे । डोटीबाट निर्वाचित आले ओली नेतृत्वको सरकारमा वनमन्त्री समेत थिए । तनहुँबाट निर्वाचित किसान लामो समय ओली निकट नेताको रुपमा चिनिन्थे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.