जसपाका नेता फकाउँदै महन्थ ठाकुर

जसपाका नेता फकाउँदै महन्थ ठाकुर

काठमाडौं : नयाँ पार्टी गठन गरेर महन्थ ठाकुरले राजनीतिक शाख जोगाए ।तर, पार्टी बलियो बनाउन उनलाई सहज छैन । मधेशवादी दलको अधारभूमि प्रदेश नं २ हो । जहाँ जसपा अध्यक्ष उपेन्द्र यादवकै दबदबा छ । जसपाबाटै चोइटिएर ठाकुर प्रदेश-२ लाई नै कर्मभूमि मान्दै लोकतान्त्रिक समाजवादी पार्टी खोलेका हुन् । स्थानीयदेखि केन्द्रसम्म चुनाव जितेका नेताहरु ठाकुरको पक्षभन्दा यादवको कित्तामा धेरै छन् ।

जसपाका नेताहरुलाई आफ्ना पक्षमा फकाएर ल्याउन अध्यक्ष ठाकुर दलबलसहित जनकपुरधाम पुगेका छन् । वरिष्ठ नेता शरतसिहं भण्डारी, राजेन्द्र महतो, अनिल झालगायतका नेताहरु पनि उनीसँगै तराई  झरेका हुन् । 

निर्वाचन आयोगले नेकपा (एमाले) र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई क्रमशः नेकपा (एकीकृत समाजवादी) र लोसपा रोज्न २२ भदौसम्मको समय दिएको छ  । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र प्रदेश सभा सदस्यलाई फकाएर पार्टी बलियो बनाउन अध्यक्ष ठाकुर जनकपुरधाममा गोप्य छलफल गरिरहेका  छन् ।

जसपा विभाजित भएपछि उपेन्द्र यादव र ठाकुर पक्षले नेता तथा कार्यकर्ताहरु तानातान गरिरहेका छन् । मधेशवादी दलको  जनआधार क्षेत्र प्रदेश २ मा यादवपक्ष र ठाकुरपक्ष आफ्नो पार्टी बलियो बनाउन सबै प्रकारका जुक्ति लगाइरहेका छन् । जसपाका नेताहरुलाई फकाउन उनले पार्टीमा राम्रो पद र आउँदो चुनावमा टिकट दिने  लोभ पनि दिइरहेका श्रोतले जनाएको छ ।

प्रदेश-२ का जनप्रतिनिधिको हिसाबले उपेन्द्र यादवले नेतृत्व गरेको जसपा मजबूत स्थितिमा छ । ‘५५ जना प्रदेश सभा सदस्यमध्ये ४० जना हाम्रो पक्षमा छन्,'जसपा प्रदेश २ का संसदीय दलका उप-नेता राम अशिष यादवले भने,‘लोसपाको पक्षमा १४ जना प्रदेशसभा सदस्य छन् ।’  ठाकुर पक्षका १ प्रदेश सभा सदस्य सभामुख छन् । उनले कुनै दल रोज्न पाउँदैन ।

जसपाबाट अलग भएर दर्ता भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका लागि प्रदेश २ का प्रदेशसभा सदस्यहरुले बुधबार सनाखत गराएका छन् । जनता समाजवादी पार्टी (जसपा) छोडेर ११ जना प्रदेशसभा सदस्यले लोसपा रोजेका छन् । उनीहरुले बुधबार प्रदेश २ को निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा जसपा छोडेर ११ सनाखत गरेका हुन् । 

बाँकी रहेका प्रदेशसभा सदस्यहरुले बिहीबार सनाखत गराउने लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए । लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनरायाण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका छन् । 

जितेन्द्र सोनल, अभिराम शर्मा लगायतका प्रदेशसभा सदस्यहरुले बिहीबार सनाखत गराउने जनाइएको छ । पार्टी संगठनको जनआधार आफुहरुको पक्षमा रहेको लोसपाका केन्द्रीय सदस्य केशव झाले दावी गरे जसपाका ३७ सांसद मध्य १५ जना महन्थ पक्षमा रहेको उनले जनाए ।

जनकपुर पुगेका अध्यक्ष ठाकुरले जसपा भन्दा लोसपाको जनअधार बलियो रहेको दावी गरे । साविकको राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित सबै जनप्रतिनिधिले आफूलाई साथ दिने जिक्किर गर्दै उनले संचारकर्मीसंग भने,‘अरुलाई लाग्दा छ कि हामी कमजोर छौं । हेर्दै जानुस् हाम्रो पार्टी पहिला भन्दा बलियो हुन्छ ।’

जिल्ला-जिल्लाको निर्वाचन कार्यालयमा जसपाका नेताहरुले लोसपा रोजेर सनाखत गर्ने क्रम बढेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.