लेदोसहितको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
![लेदोसहितको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध](https://annapurnapost.prixacdn.net/media/albums/landslide_20210903034802_4jHDYqxZP6.jpg)
चितवन : पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सो सडकखण्डको पाँचकिलोमा पहिरोले सडक अवरुद्ध भएको हो।
शुक्रबार बिहान करिब आठ बजे इच्छाकामना गाँउपालिका ६ पाँचकिलोमा सडकमाथिबाट लेदो खसेकोले सडक अवरुद्ध भएको बाग्मती प्रदेश ट्राफिक प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
पानी निरन्तर परिरहेकाले पहिरो झर्ने क्रम नरोकिदा पहिरो हटाउन नसकिएको एसपी कोइरालाले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)