लोकसेवा परीक्षाः सर्वोच्चमा मुद्दा पर्दा नतिजा प्रभावित

लोकसेवा परीक्षाः सर्वोच्चमा मुद्दा पर्दा नतिजा प्रभावित

काठमाडौः लोकसेवा परीक्षाको सन्दर्भमा सर्वोच्च अदालतमा मुद्दा पर्दा पटक-पटक समस्या उल्झन हुँदै आएको छ ।

कतिपय अवस्थामा लोकसेवाले परीक्षा लिए पनि सर्वोच्च अदालतमा यसका विरुद्ध मुद्दा पर्दा अन्तिम नतिजा पर्खाइमा रहेका परीक्षार्थीहरु मर्कामा पर्ने गरेका छन् । सर्वोच्च अदालतमा लोकसेवासँग सम्बन्धित मुद्दाहरु पर्दा परीक्षार्थी मर्कामा पर्ने गरेका हुन्।

यसै साता वागमती प्रदेश लोकसेवा आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भयो । वागमती प्रदेश लोकसेवा आयोगले प्रथम चरणको परीक्षा लिइसकेपछि अधिकृत छैटौंको सिट संख्या घटाएर बागमती प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा २३ को व्यवस्था विरुद्ध गैरकानूनी कार्य गरेको र पहिलो चरण पास गरिसकेका परीक्षार्थीमाथि अन्याय भएकोले पहिलेकै विज्ञापनको सिट संख्या कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

यस्तै, सर्वोच्चले नायव सुब्बाको पदपूर्ति यथास्थितिमा राख्न अन्तरिम आदेश दियो । स्थानीय र प्रदेशमा समायोजन भएका नासुहरूले संघमा नै समायोजन गर्नुपर्ने भन्दै दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ भएको थियो । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पेसी मितिसम्म पदपूर्ति सम्बन्धी काम कारवाही यथास्थितिमा राख्न लोकसेवा आयोगका नाममा आदेश दिएको हो ।

समायोजन भएका नासुहरुले आफूहरूलाई संघमा नै समायोजन गर्नुपर्ने माग राख्दै भदौ ११ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । अदालतले भदौ ३० गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

संघीय निजामती सेवाको रिक्त शाखा अधिकृत पदमा प्रदेश र स्थानीय तहमा समायोजन भएका १७४ शाखा अधिकृतलाई मिलान गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सोही पदमा लोक सेवा आयोगको परीक्षा दिइरहेकाहरु चिन्तित बनेका हुन् । लिखित परीक्षा र अन्तर्वार्तासमेत दिएर नतिजा प्रकाशन हुने बेलामा विज्ञापन भएको पदमै प्रदेश र स्थानीय तहका शाखा अधिकृत मिलान गरिएपछि १७४ शाखा अधिकृतहरु चिन्तित बनेका छन् ।

२०७६ मंसिर २५ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको माग अनुसार लोकसेवा आयोगले बढुवा तथा खुला समेत गरी प्रशासन सेवामा ५६० शाखा अधिकृतका लागि विज्ञापन गरेको थियो । यसमध्ये बढुवातर्फ छुट्याएको १६८ पदमा २०७६ सालमा नै पदपूर्ति भएको छ ।

२०७८ भदौ ८ मा अन्तर्वार्ता समेत भइसकेको अवस्थामा ती दरबन्दीमा प्रदेश र स्थानीय तहका अधिकृतलाई मिलान गर्न सर्वोच्चले आदेश दिएपछि आफूहरुमाथि अन्याय हुने परीक्षार्थीहरुको गुनासो छ । खुला तथा समावेशीतर्फका ३९२ पदको परीक्षा भने कोरोना महामारी र निषेधाज्ञाका कारण ढिलाइ भइरहेको थियो । ती पदमा ६३१ जनाले लिखित परीक्षा, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता समेत दिइसकेका छन् ।

लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले माग अनुसारको दरबन्दीलाई पदपूर्ति गर्न विज्ञापन आह्वान गरिएको बताए । उनले भने, ‘यो कर्मचारी समायोजनको असन्तुष्टि हो । हाम्रो तर्फबाट त्रुटी छैन । उम्मेदवार अन्यायमा पर्नु हुँदैन भन्ने नै हो ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.